नेकपा एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, दश बुँदे एकता प्रस्ताव कार्यान्वयन गर्ने निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १० बुँदे एकता प्रस्तावलाई कार्यान्वयन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी समिति बैठकले गरेको प्रस्तावअनुसार १० बुँदे प्रस्ताव कार्यान्वय गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्त प्रदीप ज्ञवालीले आजको बैठकले स्थायी समितिले गरेको निर्णय अनुमोदन गरेको जानकारी दिनुभयो । साथै १० बुँदे सहमति कार्यान्वयन शीघ्र कार्यान्वयन गर्न कार्ययोजना र कार्यतालिकालाई मूर्त रुप दिएको उहाँले बताउनुभयो ।
यसैगरी स्थायी कमिटीले पार्टीको विधान महाधिवेश असोज ४,५ र ६ र राष्ट्रिय महाधिवेशन मंसिरको १०, ११ र १२ गते गर्ने गरको निर्णय आजको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
प्रवक्ता ज्ञवालीका अनुसार जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: १० भदौ २०७८, बिहीवार १९:५२ बजे











