काभ्रेमा एमालेको बृहत कार्यकर्ता भेला सम्पन्न
काभ्रेपलाञ्चोक । नेकपा एमालेको जिल्ला भेलामा पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर शेरवहादुर देउवालाई बेच्नेहरुले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नरहेको दावी गरेका छन् ।
एमाले काभ्रेको जिल्ला बृहत कार्यकर्ता भेला भएको छ । यो एमाले विभाजन पछिको पहिलो भेला हो ।
कार्यक्रमको सभाध्यक्ष एमाले काभ्रेका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन जिल्ला पार्टी सचिब नारायण पाण्डेले गरिरहनुभएको थियो ।
बनेपाको कायस्थ बैन्कुटमा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन एमालेका महासचिव ईश्वर पोखरेल एमाले स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझी ,एमाले काभ्रेका ईन्चार्ज गोकुल बाँस्कोटाले , संविधानसभा सदस्य द्वय रामहरी सुवेदी र रेशम लामा, संघीय सांसद नविना लामा र प्रदेश सांसद चन्द्र लामाले सम्बोधन गरेका थिए । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी फुट्नुको खास कारण र अबको रणनीतिका बारे कार्यकर्तालाई आश्वस्त पार्नुभयो ।
यसअघि समानान्तर कमिटीमा लागेका कयौँ नेता कार्यकर्ता समेत आजको भेलामा सहभागी भएका थिए । भेलामा सहभागी हुनका लागि कसैलाई पनि करकाप नगरिएको बताईएको छ । सबै आ आफ्नो नै तरिकाले नेता कार्यकर्ता भेला भएका थिए । चौरीदेराली गाउँपालिकादेखि डाँडापारी क्षेत्रमा पर्ने महाभारत र खानीखोला गाउँपालिकाबाट समेत नेता कार्यकर्ता आईपुगेका थिए ।
जिल्ला कार्यकर्ता भेलालाई शनिवार बनेपामा सम्बोधन गर्दै बास्कोटाले आफूमाथि भ्रष्टाचारको आरोप लगाउनेहरुलाई पुष्टी गर्न चुनौति दिए । बाँस्कोटाले भने– ‘राज्यका छानविनकारी निकायलाई चुनौती दिन्छु । म कठघरामा उभिन्छु । छानविन गर । हिम्त छ भने पुष्टि गर । जनताले एमालेलाई दिएको मत बेच्नेहरु महाभ्रष्ट हुन् । त्यस्ताले ममाथि आरोप लगाउनुको औचित्य छैन ।
उनले आफूले मन्त्री हुँदा पनि घरबाहाल बापतको रकम नलिएको बताए। ‘मन्त्री हुँदा पनि घरवहाल वापतको रकम लिइनँ । पार्टी अध्यक्षको घरमा गएर बसेको हुँ,’ बास्कोटाले भने ‘तर ममाथि आरोप लगाउनेहरु पार्टी कार्यालयको सम्पत्ति चोरेर हिड्नेहरु छन् ।
उनले जिल्लामा आफ्नो पालामा इतिहासकै धेरै विकास भएकाले कांग्रेस समेत नतमस्तक भएपछि एमालेभित्रकै केही व्यक्ति भौतिक रुपमा सिध्याउने षडयन्त्रमा समेत लागेको बताए । बास्कोटाले प्रदेशसभामा एमालेबाट जितेर नेकपा एसमा लागेका लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईलाई अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिए ।








प्रकाशित मिति: १९ भदौ २०७८, शनिवार २१:५१ बजे











