धुलिखेल नगरपालिकाले मनायो राष्ट्रिय बाल दिवस
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाकै पहिलो बालमैत्री नगरपालिका धुलिखेलले राष्ट्रिय बाल दिवस भब्य रुपमा मनाएको छ । नगरपालिकाले विविध कार्यक्रम गरी राष्ट्रिय बालदिवस मनाएको हो ।
कार्यक्रममा नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले बाल मैत्री नगरको भावना अनुसार नै नगरपालिकाले विभिन्न काम गरिरहेको बताउनुभयो । नीति निर्माणदेखि बालबालिकासंग सरोकार राख्ने सबै काम बालबालिकाकै सल्लाह सुझावमा गर्दै आएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमला शर्मा, अन्य जनप्रतिनिधिहरु, कर्मचारी र नगर बाल सञ्जालमा आबद्ध बालबालिका सहभागि भएका थिए । नगरपालिकाले नगर बाल सञ्जाल समेत पुर्नगठन गरेको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा धुलिखेल नगर बालसंजाल पुनर्गठन तथा बालक्लबको सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।














प्रकाशित मिति: २९ भदौ २०७८, मंगलवार २०:१८ बजे











