नेकपा एमाले धुलिखेलमा प्रवेशको लहर
धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ६ र ७ को युवाहरुहरू नेकपा एमाले मा प्रवेश गरेका छन् । एक कार्यक्रमका बीच नेकपा एमाले काभ्रेको अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जुले नवप्रवेशी युवाहरुलाई स्वागत गर्नुभएको छ ।
धुलिखेल वडा नं ६ र ७ को स्वतन्त्र युवाहरु नेकपा एमालेमा प्रवेश कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा धुलिखेल नगरपालिकाको उपप्रमुख बिमला शर्माको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले काभ्रे जिल्लाको अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जुले नवप्रवेशीहरुलाई स्वागत गर्दै सामाजिक न्याय सहित को विकास एमाले पार्टीले गरेको छ । सबै क्षेत्रमा समावेशी प्रतिनिधित्वको लागि नेकपा एमालेले काम गरेको भन्दै सबै युवाहरु नेकपा एमालेप्रति विस्वस्त हुनुपर्ने कुरा व्यक्त गर्नुभयो ।
धुलिखेल नगरपालिकामा एमाले निर्वाचित भएको बेलामा नगरको ७० प्रतिशत घरमा सौचालय थियो हाल सबै घर मा सौचालय छ । नगरपालिकाको साक्षरता प्रतिशत ७५ प्रतिशत थियो हाल ९९ प्रतिशत छ साथै धुलिखेल नगरपालिकाले
स्वास्थ्य सहरको अवधारणा सहित कामको सुरुवात गरेको छ नगरपालिकाले १५ बेड सहितको अस्पतालको निर्माण भइरहेको छ।
साथै ६० वर्ष देखिको पुरानो आयुर्वेदिक अस्पताल निर्माणको चरणमा छ भन्ने कुरा उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले काभ्रे जिल्लाको अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । स्वतन्त्र युवाहरु सुचिन खड्गी, निरंज खड्गी, सुमन खड्गी , बिजय खड्गी , राजु खड्गी ,अजय खड्गी, न्हछे राम खड्गी,भुवन खड्गी, कान्छा खड्गी, उजर खड्गी, सागर खड्गी, सृजन खड्गी,सानु काजि खड्गी,गोपाल खड्गी,जिबन खड्गी , भरत खड्गी, रामेस्वर खड्गी, सुख राम खड्गी ,दिल कृष्ण खड्गी, रोहन तामाङ, विशाल तिमल्सिना लगायतका युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।




प्रकाशित मिति: ९ फागुन २०७८, सोमवार ०९:३२ बजे











