१२ मंसिर २०७९, सोमवार

शहरी विकासमा साझेदारी र सहकार्य गर्न , धुलिखेल नगरको निमन्त्रणामा काठमाडौंका प्रमुख उपप्रमुख धुलिखेलमा

धुलिखेल- काठमाडौं महानरपालिकाका मेयर र उपमेयर धुलिखेल नगरपालिका पुगेका छन् । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल सहितको टोली धुलिखेल पुगेको हो। काभ्रेको पर्यटकीय नगर धुलिखेल र काठमाण्डौं महानगरपालिकाबीच शहरी विकासमा साझेदारी र सहकार्य गर्नेबारे दुई नगरबीच छलफल भएको छ ।

 

नेपाल नगरपालिका संघ र यूसीएलजीको अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु तथा काठमाडौं महानगरपालिकाका प्रमुख उपप्रमुखको भेटमा दुई नगरपालिकाको विकास निर्माण र दुई शहरबीच अनुभव आदान प्रदान गरिएको बताएका छन् । छलफलमा धुलिखेल नगरपालिकाले हालसम्म हासिल गरेको उपलब्धी, काम गर्ने तरिका र काठमाण्डौ महानगरपालिकाले गर्दै आएको कामकाबारे समेत चर्चा भएको थियो ।

धुलिखेलका मेयर ब्याञ्जु नेपाल नगरपालिका संघ र युनाइटेड सिटी लोकल गभरमेन्टको अध्यक्ष समेत हुनुहुन्छ । छलफलमा नगरपालिका संघ र युनाइटेड सिटी लोकल गभरमेन्टले गरिरहेको कामका बारेसमेत काठमाण्डौ महानगरपालिका मेयर र उपमेयरलाई जानकारी गराइएको थियो ।

नेपाल नगरपालिका संघसँग एमयुएनए र विश्व नगर सरकार र शहरहरुको संगठन (युनाइटेड सिटी लोकल गभरमेन्ट) यूसीएलजी एसप्याक्टबीच पारस्पारिक साझेदारी, समन्वयात्मक प्रबर्धन गर्न धुलिखेल नगरपालिकामा भेटघाट भएको उनले जानकारी दिए।

आगामी दिनमा नगरपालिकाहरुबीचको सम्बन्ध कसरी विकास गर्ने , धुलिखेल काठमाण्डौँको स्याटलाईट सिटी पनि भएकाले कसरी समन्वय, सहकार्य गर्न सकिन्छ भन्ने उद्देश्य नै हो । शहरी क्षेत्रको विषय निकै ठूलो छ । सैद्धान्तिक, राजनीतिक, संवैधानिक, कानुनी र विकासका सवाल महत्वपूर्ण छ । यी सवालहरुमा कसरी एकीकृत ढंगले भावीदिनमा काम गर्न सक्छौँ भन्ने विषयमा छलफल, विचार विमर्श  साथै दुई नगरबीच एकीकृत रुपमा आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्नेबारे कुराकानी भएको ब्याञ्जुले बताए। साथै काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाहाले धुलिखेल नगरपालिकाले गरेको काम प्रति खुसि प्रकट गदै नगरले गरेको काम प्रति प्रशंसा गर्नु भएको छ । 

कार्यक्रममा दुबै नगरपालिकाभित्र सीप र ज्ञान आदानप्रदान गरिएको थियो । धुलिखेल नगपालिकाले दिगो विकास लक्ष्यका ४ वटा लक्ष्य पुरा गरिसकेको छ । केहीदिन अघि मात्रै धुलिखेलका मेयर ब्याञ्जुले आफ्नो नगरपालिकाले पुरा गरेको दिगो विकासको ४ वटा लक्ष्यका बारे अमेरिका स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रिजेन्टेसन दिनुभएको थियो ।

प्रकाशित मिति: ४ साउन २०७९, बुधवार १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु