नेकपा एमाले धुलिखेल टोल टोलमा
धुलिखेल । नेकपा एमाले धुलिखेलले संगठन बिस्तार र निर्माणलाई तिब्ररुपमा अगाडि बढाएको छ । नेकपा एमाले धुलिखेलले संगठन निर्माणलाई तिव्रता दिदैं टोल – टोलमा कमिटी गरिरहेको छ यसै सिलसिलामा धुलिखेल नगरपालिकाको वडा नं ३ बाँसघारी टोल कमिटी गठन गरेको छ । बाँसघारी टोल कमिटी रामचन्द्र महर्जन अध्यक्षतामा २५ सदस्यीय “नेकपा एमाले बाँसघारी टोल कमिटी” गठन , कार्यक्रम नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष अशोक ब्यान्जुको प्रमुख आतिथ्यता सम्पन्न गरेको छ ।
त्यस्तै नेकपा एमाले धुलिखेल नगरले वडा नम्बर ७ मि पनि टोल कमिटी गठन गरेको छ। नेकपा एमाले धुलिखेल ७ न वडा कमिटीको आयोजनामा बिजय लक्ष्मी माकजुको अध्यक्षतामा २१ सदस्यीय धुलिखेल ७ हुर्खा गुथुचा टोल कमिट गठन गरेको छ । नेकपा एमाले काभ्रे जिल्लाको पहिलो बैठक पछि जिल्लाको सबै पलिकाहरुले संगठन बिस्तार र निर्माणलाई तिब्ररुपमा अगाडि बढाएको छ ।
नेकपा एमाले टोल कमिटी गठन कार्यक्रममा बोल्दै नेकपा एमाले काभ्रे जिल्लाको अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जुले एमालेले लिएको नितीगत कुरा तथा पार्टीका जनप्रतिनिधिहरूले गरेको विकास निर्माणका बारेमा जानकारी दिनुभयो ।


प्रकाशित मिति: २२ फागुन २०७८, आइतवार ०७:३१ बजे











