काभ्रेमा अन्य जिल्लाबाट अत्यावश्यक बाहेक प्रवेश निषेध
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले हिड्डुलमा थप कडाइ गर्ने बताएको छ । आज प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले एक सुचना निकालेर जिल्ला प्रवेश गर्नेलाई पूर्ण रुपमा निषेध गर्ने बताउनुभएको हो ।अत्यावश्यक बाहेक काभ्रेबाट अन्य जिल्ला जान र अन्य जिल्लाबाट काभ्रे आउन प्रतिबन्ध लगाएको छ ।
जिल्लाभित्र अनावश्यक रुपमा हिड्डुल गर्ने ब्यक्तिहरुलाई सोहि स्थानबाट नियन्त्रणमा लिइने र छिमेकी जिल्लाबाट पैदल हिडेर काभ्रे प्रदेश गर्नेलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताउनुभयो ।
साथै अब काभ्रेमा बुधबारबाट लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ ।


प्रकाशित मिति: २ वैशाख २०७७, मंगलवार २१:०९ बजे











