५ माघ २०८१, शनिवार

बालबालिकाकाे लागि २ दिने क्षमता विकास तालिम सम्पन्न

बनेपा । बनेपा नगरपालिकाको बालमैत्री वडा, वडा नं १३ मा मिति २०८० माघ २६ र २७ गते वडा स्तरीय बाल क्लब, समुदाय र विद्यालय स्तरीय बालक्लबका पदाधीकारीहरुका लागि २ दिने क्षमता विकास तालिम कार्यक्रम सम्पन्न भएको छ ।

बनेपा नगरपालिका वडा नं १३ को कार्यालय र वडा बालक्लब संजालको संयुतm आयोजनाका आयोजित क्षमता विकास तालिम वडा बाल क्लबका सचिब सुभेक्षा खड्काको अध्यक्षता र वडा अध्यक्ष राम लाल दुवालको प्रमुख आतिथ्ता र बनेपा नगरपालिका महिला बालबालिका र जेष्ठ नागरिक शाखामा कार्यरत महिला विकास निरिक्षक सपना वलीको विशेष आतिथ्यतामा बालबालिकालाई बालक्लबको आवश्यकता र बालबालिकाको भूमिका, बाल अधिकार र कर्तब्य, बालबालिका सम्बन्धी संविधान, ऐन, राष्ट्रिय तथा अन्तराष्ट्रिय नियम र कानुनहरु, बालमैत्री स्थानिय शासनको अवधारणा र यसको आवश्यकता, बाल बिबाह न्यूनिकरणमा बाल क्लबको भूमिका, नेतृत्व विकास, सुरक्षित इन्टरनेटको प्रयोग लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रमको समापनमा बालबालिकालाई प्रमाण–पत्र प्रदान गर्दै वडा अध्यक्ष राम लाल दुवालले वडा सधै बालबालिकाको चौर्तफी विकास, प्रतिभा प्रस्फुटन, बाल अधिकार संरक्षण र प्रर्वधन र बालमैत्री घोषणा पश्चातको निरन्तरता र दिगोपनाकोे विषयमा काम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने जसका लागि बालबालिका र बाल क्लबको पनि साथ सहयोग आवश्यक रहने कुराको जानकारी दिनु भयो । २ दिनको प्रशिक्षणात्मक कार्यक्रममा उत्कृष्ट ४ सहभागीलाई पुरस्कार पनि वितरण गरिएको थियो । कार्यक्रममा ६ वटा विद्यालयका ३५ जना बालबालिका, वडाका जनप्रतिनिधि, विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता थियो र उक्त कार्यक्रममा बाल अधिकारकर्मी सुबोध धिमालको मुख्य प्रशिक्षण रहेको थियो ।


Sumber : Jalalive
Related : Jalalive com
By : Jalalive 2

प्रकाशित मिति: २८ माघ २०८०, आइतवार २२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु