२२ वैशाख २०८३, सोमवार

पर्सामा कोरोना निको भएर ४३ जना डिस्चार्ज

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् ।

दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए ।

४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए ।

गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् । यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए ।

प्रकाशित मिति: १२ जेठ २०७७, सोमवार १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु