जनताको समस्यामा चासो नलिने र मल दिन नसक्ने पार्टीमा किन बस्नु ?’ भन्दै कांग्रेस कार्यकर्ताले छाडे पार्टी
बनेपा । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले निर्वाचनको प्रचार प्रसारका क्रममा दर्जनौ ब्यक्तिहरुलाई नेकपा एमाले पार्टी प्रवेश गराउनु भयो । अधिकांशले गठवन्धन सरकार र आफु रहेको पार्टी नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा समाजबादीले जनताको हित विपिरत कार्य गरेको, जनताको समस्यामा चासो नदिएको, डेँगु महामारीमा ध्यान नदिएको, रासायनिक मल उपलब्ध गराउन चासो नदिएको भन्दै पार्टी परित्याग गरेको बताए ।
बनेपा नगरपालिका वडा नम्वर ३ तीनघरेका चतुरमान तामाङले नेपाली काँग्रेस नेतृत्वको सरकारले ९ सय रुपैयाको मल ३ हजार ५ सय रुपैया लिएर विक्री गरेको बताउनु भयो । ‘काँग्रेसकै कृयाशिल सदस्यले मलाई ९ सय रुपैयाको मल ३५ सय लिएर विक्री गरे’–चतुरमान तामाङले भन्नुभयो–‘जनतामारा पार्टी र सरकारले न्याय दिन सकेन । त्यहि कारण आफु कृयाशिल रहेको पार्टी नेपाली काँग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेको छु ।’ चतुरमानसँगै उहाँको धर्मपत्नि सुन्तली तामाङ पनि नेकपा एमाले प्रवेश गर्नु भयो । तिनघरे, काक्रे, शेरा, सुमारा, चुनाताल, नाला बजार, बनेपा नाला वडा नम्वर १ र २ टुकुचा, ३ र ४ का सबै क्षेत्र आलु र अन्य तरकारी उत्पादनका लागि प्रख्यात मानिन्छ । आलु रोप्ने बेला कालोबजारी गरेर किनेको मल राखेको आलु विक्री गर्ने बेला मुल्य नआए पछि कृषकहरु चिन्तित हुनु परेको उहाँले बताउनु भयो । आलु प्रति केजी कृषकले ४७ रुपैयामा विक्री गर्नु परेको छ । लागत मुल्य समेत नउठेकाले सरकार विरुद्ध आक्रोश रहेको सुन्तली तामाङले बताउनु भयो ।
बास्कोटाले बनेपा २ नाला टुकुचा घिमिरेगाउँ काभ्रेबोटमा ६ जना युवाहरुलाई प्रवेश गराउनु भयो । काभ्रे समृद्ध बनाउने योजना नेकपा एमालेसँगै रहेकाले एमाले प्रवेश गरेकाहरुलाई बास्कोटाले स्वागत गर्दै अभियानमा लाग्न अनुरोध गर्नुभयो । एमाले प्रति प्रवेशको लहर चलेको एमाले काभ्रेका उप सचिव राजकुमार सापकोटाले बताउनु भयो । नेकपा एमालेबाट अलग भएको नेकपा समाजबादीमा गएका नेताहरु धमाधम फर्किन थालेका छन् । आईतबार नै युवा संघका अध्यक्ष प्रताप लामा सहितको टोली फर्किएको छ । यस अघि केन्द्रीय नेता रमेश पौडेल लगायतका नेताहरु फर्किएका थिए । शनिबार माओवादी निकट वाईसिएलका केन्द्रीय सदस्य मिलन लामा लगायतका नेताहरु एमाले प्रवेश गरेका थिए । आईतबार नै नेपाली काँग्रेस धुलिखेल नगरपालिका वडा नम्वर २ को डुडामुख टोल कमिटीका सभापति अष्टमान तामाङ सहित १५ जनाको टोली एमाले प्रवेश गरेको थियो । नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य एवं काभ्रे क्षेत्र न. २ (क) का उमेदवार कुमार खकुरेल, क्षेत्रिय अध्यक्ष हरि खतिवडा लगायतका नेताहरुले पार्टी प्रवेश गराउनु भएको थियो । नेकपा माओवादी केन्द्र काभ्रेका जिल्ला कमिटी सदस्य शिव बानिया, समाजबादिका नेता दिपक बजगाइ र नेपाली काँग्रेसका हरिचन्द्र नेपाललाई धुलिखेल एमालेले पार्टी प्रवेश गराएको थियो ।
धुलिखेल नगरपालिका वडा नम्वर २ का वडा कमिटी सचिव ईश्वर बञ्जारा सहित नेपाली काँग्रेसका सरोज लामा, सन्जिव लामा, अमिर धोज लामा, सुसान्त लामा र नेविसंघ धुलिखेल २ का सभापती माधव न्यौपाने लगायतको टोलीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा एवं जिल्ला कमिटी अध्यक्ष अशोक ब्यान्जुले पार्टी प्रबेश गराउनु भएको थियो । धुलिखेल नगरपालिका वडा नम्वर १ बाट २०७९ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा सदस्य पदमा उमेदवार आइते तामाङ, सुनिता तामाङ र राम बहादुर तामाङ साथै पुर्ब जनमुक्ति सेना सुर्य बहादुर तामाङ र नेपाली काँग्रेसका कृयाशिल सदस्य कामी सि तामाङ लगायत एमाले प्रवेश गरेका थिए ।
Bokep Indonesia Terbaru
Bokep Jepang Jav
Bokep ukthi jilbab
GOBETASIA
DAYWINBET
GOBETASIA
GOBET
DAYWINBET
SLOT GACOR
BOKEP INDO
BOKEP INDONESIA
DAYWINBET
SLOT GACOR
GOBETASIA
slot gacor maxwin
slot gacor
GOBETASIA
GOBETASIA
slot 4d gacor
प्रकाशित मिति: ३० कात्तिक २०७९, बुधवार ०८:२० बजे