२३ वैशाख २०८३, मंगलवार

१३औ गणतन्त्र दिबसको अबसरमा राष्ट्रिय युवा संघ नेपाल धुलिखेलले गर्‍यो राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम

धुलिखेल । धुलिखेल नगरमा १३ औ गणतन्त्र दिबस को अबसरमा राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगरको आयोजनामा राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम सम्प्नन्न गरेको छ । उक्त कार्यक्रम धुलिखेल नगरपालिकाका नगर प्रमुख एब नेकपा काभ्रेमा नेता अशोक कुमार ब्यान्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्प्नन्न भयो । उक्त कार्यक्रममा नेकपा काभ्रेका नेताहरु र युवा नेताहरुको उपस्तिथि रहेको थियो ।

कोभिड १९ को संक्रमण नफैलियोस भन्नका लागि जारी लकडाउनका कारण बृहत कार्यक्रम गर्न नसकेपनि बीपी चोकमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर १३औ गणतन्त्र दिवस मनाइएको युवा संघका नगर कमिटी अध्यक्ष सीबी तामाङले जानकारी दिए । 

झण्डोत्तोलन कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख एंव नेकपा काभ्रेका प्रभावशली नेता अशोक कुमार ब्यान्जु श्रेष्ठले गणतन्त्रण ल्याउँदा युवा र राजनीतिक दलहरुले गरेको भुमिकाको खुलेर प्रशंसा गरेका थिए । ‘यो लामो त्याग र बलिदानपछि स्थापित शासन ब्यवस्था हो, प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले भने ‘यो कार्यान्वयनको चरणमै रहेकाले आम नागरिकले यसको अनुभूति गर्न सकेको छैन् होला, तर गणतन्त्रको विकल्प गणतन्त्र नै हो । ’

कार्यक्रममा नगर उप-प्रमुख बिमला शर्मा, नेकपा नेता रामकृष्ण हुमागाई, नेकपा धुलिखेल नगर कमिटीका सदस्यहरु, निर्वाचित वडा अध्यक्षहरु, अनेरास्ववियु केन्द्रियकमिटीका सदस्यहरु शालिकराम पराजुली ,हरिश्चन्द्र घिमिरे ,तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला सयोजक बिक्रम चौलागाईं, राष्ट्रिय युवा संघ नगर, अनेरास्ववियु तथा अन्य जनवर्गीय संगठनका नेताकार्यकर्ता सहभागि भएका थिए । उक्त कार्यक्रम युवा संघ नेपाल धुलिखेलका अध्यक्ष सिबि तामाङले सन्चलन गरेका थिए ।

प्रकाशित मिति: १५ जेठ २०७७, बिहीवार २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु