कोरोना सङ्क्रमित डेढ महिनाकाे शिशुको मृत्यु
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमित डेढ महिनाको शिशुको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालका अनुसार घाँटीमा समस्या देखिएपछि उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको शिशुकाे शल्यक्रियाअघि परीक्षण गर्दा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: १८ असार २०७७, बिहीवार १४:३२ बजे











