२२ वैशाख २०८३, सोमवार

कोरोना सङ्क्रमित १५० जना थपिए , कुल १७ हजार ९९४

काठमाडौँ । नेपालमा कोभिड–१९ का १५० जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ९६१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ९९४ पुगेको छ । पाँच हजार ४७७ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा ६०९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

५२९ जना रेड जाेनमा परेका छन् ।

हालसम्म १२ हजारभन्दा ४७७ सङक्रमित निको भएका छन् ।

उपत्यकामा थप ९ जना सङक्रमित

पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडाैंमा ८ जना र ललितपुरमा १ जना सङक्रमित थपिएका छन् ।

प्रकाशित मिति: ६ साउन २०७७, मंगलवार १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु