२० वैशाख २०८३, शनिवार

पहिरोले गाउँ नै बिस्थापित, ३२ घर जोखिममा

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका ६ थुम्पाखरको सुन्दरडाँडामूनि रहेको देवीस्थानमा भीषण पहिरो जाँदा गाउँ नै उच्च जोखिममा परेको छ । बुधबार बिहान उत्त, स्थानमा पहिरो जाँदा धुसिने र सुन्दरडाँडा गाउँका ३२ बढी घर उच्च जोखिममा परेको स्थानीय रामशरण बोहराले पीडा ब्यक्त गर्नु भयो ।
अहिले बिहान पनि निरन्तर पहिरो झरिरहेको छ । गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिन र बगाउने अबस्थामा रहेको बोहराले बताउनु भयो । बिद्युतका पोलहरु बगाएको छ । खेतबारी बगाउन थालेको छ ।
स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको सो गाउँपालिका ६ का वडा अध्यक्ष राम कुमार थापाले जानकारी दिनु भएको छ । थातथलो छाडेर हिड्नु पर्ने भएपछि पहिरो पीडितको कन्तबिजोग भएको छ ।
बुधबार बिहान सुनकोशी गापा ६ थुम्पाखरको सुन्दरडाँडामा बस्तीमाथिबाट आएको पहिरो ।

प्रकाशित मिति: १० भदौ २०७७, बुधवार १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु