नेकपा (माओवादी) विप्लव समुह काभ्रेका नेता नेकपा प्रवेश
धुलिखेल । धुलिखेल नगरमा आज एक कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लव समुहका काभ्रे जिल्ला कमिटी सदस्य शेर बहादुर खत्री नेकपामा प्रवेश गरेका छन् । धुलिखेल नगरपालिका वडा नम्वर १२ का उनलाई मधुसुदन नामले चिनिन्छ । उनी यसअघि नेकपा माओवादी, वैध समुह हुँदै पछिल्लो समय विप्लव समुहमा आवद्ध थिए । विप्लव समुहले प्रतिष्ठित व्यक्तिहरुलाई धाकधम्की दिने, चन्दा माग्ने जस्ता नीति आख्तियार गरेकाले आफुलाई उक्त पार्टी मन नपरेको उनको भनाई छ । विगत दुई वर्षदेखी पार्टी कामबाट निष्कृय रहि घरमै बस्दै आएका उनी आज नेकपामा प्रवेश गरेका हुन् ।
खत्री सहित धुलिखेल नगरपालिका वडा नम्वर १२ एक्लेखेतका राजु खत्रीलाई पनि नेकपा काभ्रेका नेता तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले टिका र खादा लगाई पार्टी प्रवेश गराउनु भयो । राजु खत्री यसअघि नेपाली कांग्रेसमा आवद्ध थिए ।


प्रकाशित मिति: ५ मंसिर २०७७, शुक्रवार २१:२६ बजे











