२० वैशाख २०८३, शनिवार

काभ्रेमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे । काभ्रे जिल्लामा आज ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ७ जना महिला र ५ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ४जना महिला र ४ जना पुरुष, पनौती नगरपालिकाबाट ५ जना महिला र ६ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ जना महिला र २ जना पुरुष र चौरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए । उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ सय ४ पुगेको छ ।

जिल्लामा आज २८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ । जिल्लामा अहिलेसम्म १६ सय ३७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै काभ्रेमा अहिले ५ सय ४० जना सक्रिय कोरोना संक्रमित रहेका छन् । हालसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति: २८ कात्तिक २०७७, शुक्रवार २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु