१२ वैशाख २०८३, शुक्रवार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषदको विस्तार तथा हेरफेर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आले वन तथा वातावराण मन्त्री हुनु भएकाे छ ।

त्यस्तै गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री हुनु भएकाे छ भने दावा लामा युवा तथा खेलकुद मन्त्री हुनु भएकाे छ ।

यसै गरी जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनु भएकाे छ भने उद्योग राज्यमन्त्री मोती दुगडलाई बिदा गर्दै विमला बिकलाई उक्त जिम्मेवारी दिइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन र संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्री बनाइएको छ ।

कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिव्यवस्था मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ कानून मन्त्री बनाइएको छ । भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्री हुनु भएकाे ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा पनि मन्त्रिबाट विदा हुनु भएकाे गोरखापत्रमा अनलाइनले जनाएकाे छ ।

प्रकाशित मिति: १० पुस २०७७, शुक्रवार २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु