नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासँघले सयुक्त रुपमा अर्थ मन्त्री समक्ष बुझायो ध्यानाकर्षणपत्र
काठमाडौँ । अर्थ मन्त्री विष्णु पाैडेल समक्ष नेपाल नगरपालिका सँघ र गाउँपालिका राष्ट्रिय महासँघ नेपालको तर्फबाट स्थानीय तहका विविध सवालहरुमा दुवै अध्यक्षबाट सँयुक्त रुपमा ध्यानाकर्षण गराउनु भयाे । उक्त कार्यक्रममा भुमि व्यवस्था तथा सहकारी मन्त्री माननीय डा. शिवमाया तुम्वाहम्फेको पनि उपस्थित रहेको थियो ।
गाउँपालिका राष्ट्रिय महासँघ र नेपाल नगरपालिका संघले सयुक्त रुपमा
ध्यानाकर्षण गराइएका मुख्य विषयहरु
१. गत आवकाे विशेष र समपुरक काेषका आयाेजनाहरु मध्ये ठेक्का लागि दायित्व सृजना भएका आयोजनाहरुकाे म्याद थप गरी वजेटकाे व्यवस्था गरिनु पर्ने । (यसकाे लागि मलेनिकाबाट म्याद थप गर्नुपर्ने आयोजनाहरुकाे विवरण अर्थ मन्त्रालयमा पेश गरिसकिएकाे छ।)२. गत आ.व. को प्राकृतिक श्राेतकाे राजश्व बाँडफाँटकाे रकम हालसम्म पनि बाँडफाँट नगरेकोले तत्काल बाँडफाँट गरी निकासा गर्नु पर्ने । ३. प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन निर्देशिकामा केही सँशाेधन गर्नु पर्ने ।
४. भुमि सम्बन्धी समस्या समाधान आयोगकाे क्षेत्राधिकार सबै स्थानीय सरकारमा विस्तार गर्नु पर्ने ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलवार २०:४९ बजे











