“सम्पत्ति छानबिन आयोग” तत्काल गठन गरौं र भ्रष्टाचारि लाई कारवाही गरौं : अशोक व्याञ्जु
काभ्रे । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) केन्द्रीय सदस्य एवम् नेकपा काभ्रे जिल्ला अध्यक्ष, धुलिखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जुले देशको उच्चतहमा पुगेका सबै राजनैतिक, प्रसासनिक र प्राबिधिकहरुको सम्पत्तिको छानबिन गर्न सरकारलाई आग्रह गर्नु भएको छ।
मुलुकमा भएको चरम भ्रष्टाचार निर्मुल पार्न र मुलुकको सम्पत्तिको दुरुपयोग नहोस् भने हेतुले उहाँले सम्पत्ति छानबिन आयोग गठन गरि भ्रष्टाचारिलाई दण्ड दिनु पर्छ भन्ने कुरामा व्याञ्जुले जोड दिनुहुन्छ ।
विभिन्न राजनीतिक शक्ति आडमा मुलुकमा भएका राष्ट्रियकोष हिनामिना गर्ने जोकोही भएता पनि भ्रष्टाचारिलाइ कारवाही हुनुपर्छ र न्यायपालिका ,कार्यपालिका या व्यवस्थापिकामा आवद्ध भएका राजनैतिक एवम् प्रशासनिक देशको उच्च तहमा पुगेका व्यक्तिहरुको सम्पत्ति छानबिन गरेर यदि दोषी भेटिएमा उचित कारबाही हुनुपर्छ भन्दै सम्पत्ति छानबिन आयोग तत्कालै गठन गर्न आग्रह गर्दै बिहिवार आफ्नो फेस्बुका स्ट्याअटस मार्फत बताउनु भएको छ।
असोक व्याञ्जुको फेस्बुका स्ट्याटस तल उल्लेख गरिएको छ:
देशको उच्चतहमा पुगेका सबै राजनैतिक, प्रसासनिक र प्राबिधिकहरुको सम्पत्तिको छानबिन गर्न बर्तमान सरकारले “सम्पत्ति छानबिन आयोग” तत्काल गठन गरौ। र भ्रष्ट लाई कारवाही गरौ’
प्रकाशित मिति: १ माघ २०७७, बिहीवार २१:०४ बजे











