धुलिखेलमा पृथ्वीनारायण शाहको अहिलेसम्मकै ठुलो शालिक अनावरण
धुलिखेल । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिकामा झण्डै ८ दशमलव ५ फिटको अहिलेसम्मकै सबैभन्दा ठुलो राष्ट्र निर्माता पृथ्वी नारायण शाहको शालिक स्थापना गरिएको छ । धुलिखेल नगरपालिकाको देबिस्थानमा रहेको पार्कमा राष्ट्र निर्माता पृथ्वीनारायण साहको प्रतिमा स्थापना गरिएको छ ।
नगरप्रमुख अशोक ब्याञ्जुका अनुसार उक्त पृथ्वी नारायण शाहको सालिक नेपालकै ठूलो रहेको छ। अब देविस्थान चाडैँ ७ करोडको लागतमा पार्क पनि धुलिखेल नगरपालिकाले बनाउने नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।
पृथ्वी नारायण शाहको उक्त मूर्ति १७ फिट अग्लो रहेको नगर प्रमुख ब्याञ्जुले जानकारी दिनुभयो । उहाँले चाडैँ उक्त स्थानमा १६ फिट अग्लो १६ हाते देवीको मूर्ति बनाउने पनि बताउनुभयो ।
सोही स्थानबाट पनौतिसम्म एकीकृत पदमार्गको सुरुवात पनि गरिएको छ। ब्याञ्जुका अनुसार उक्त पदमार्गको सुरुवात प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । शाहको सालिक निर्माणको लागि १५ लाख खर्च भएको ब्याञ्जुले जानकारी दिनुभयो।
राष्ट्र निर्माता पृथ्वी नारायण शाहले सोही स्थानमा रहेको कार्भे कोतबाट कार्भेका ७ वटा गाउँलाई विशाल नेपालमा एकीकरण गरेको मेयर ब्याञ्जुले बताउनुभयो। उहाँले सो सालिक निर्माणका लागि आफूले दुई वर्ष अगाडि प्रतिवद्धता गरेको उल्लेख गर्दै आफूले गरेको प्रतिवद्धताअनुसार सालिक बनेर अनावरणसमेत गरिएको बताउनुभयो । सो सालिका निर्माण योजनाको शिलान्यास संस्कृतिविद् तेजेश्वरबाबु ग्वाङबुले गरेका थिए।
धुलिखेल नगरपालिकाको नगरप्रमुख अशोक व्याञ्जुले आफुले दुई बर्ष अगाडिको सोच अनुसार काम गरेको र अहिले पुरा गरेको बताउनुभयो । धुलिखेल नगरपालिकाको देबिस्थानमा दुई वर्ष अगाडि राष्ट्र निर्माता पृथ्वीनारायण साहको प्रतिमा बनाउन संस्कृतिविद् तेजेश्वरबाबु ग्वाङबुले र नगर प्रमुख अशोक व्याञ्जुले सिलान्यास गर्नुभएको थियो ।
राष्ट्र निर्माता पृथ्वीनारायण साहको सालिक नेपाली सेनाका प्रधानसेनापती पुर्णचन्द्र थापा र नगरप्रमुख अशोक व्याञ्जुले सयुक्त अनावरण गर्नुभयो । एकीकरण पद मार्ग पदयात्राको क्रममा उक्त सालिक अनावरण गर्दै धुलिखेल नगरपालिकाको नगरप्रमुख अशोक व्याञ्जुले देविस्थान पार्क एैतिहासिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले स्थापना गरिएको कुरा बताउनु भयो । नेपाल एकीकरण गरेर राष्ट्रको एकता र विशाल नेपाल बनेको स्मरण अब धुलिखेलमा देखिनेछ नगर प्रमुख अशोक व्याञ्जुले बताउनुभयो ।
नेपालमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहका धेरै शालिकहरु थिए । कतिपय जनआन्दोलनका बेला हटाइयो भने कुनै कुनै शालिकमा अपुरो जस्तो देखियो । धेरै अध्ययन गरेर अहिले राष्ट्र निर्माता शाहको शालिक बनाएको छ । पृथ्वी नारायण शाहको अहिलेसम्म नेपालकै सबै भन्दा ठुलो ढलौट सालिक निर्माण गरिएको छ ।






प्रकाशित मिति: २९ फागुन २०७७, शनिवार १८:५६ बजे











