पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पछि उपचारको लागि नर्भिक अस्पताल भर्ना गरिएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएकाे छ ।
प्रकाशित मिति: १८ वैशाख २०७८, शनिवार २०:१५ बजे











