१९ वैशाख २०८३, शुक्रवार

नगरबासीलाई धुलिखेल नगरपालिकाको नि:शुल्क एम्बुलेन्स सेवा

धुलिखेल । धुलिखेल नगरपालिकाले आफ्नो नगरबासीहरुलाई नि:शुल्क एम्बुलेन्स सञ्चालनमा  ल्याएको छ । कारोना संक्रमित र अन्य बिरामीलाई अस्पतालसम्म लैजान नगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिईरहेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

अहिले धुलिखेल नगरपालिकासँग दुई वटा एम्बुलेन्स छन् । केहिदिन अघि मात्रै भारतिय दुताबासले सुविधा युक्त एम्बुलेन्स सहयोग गरेपछि धुलिखेल नगरपालिकासँग दुई वटा एम्बुलेन्स भएको हो । नगरप्रमुख ब्याञ्जुका अनुसार पहिलेको एम्बुलेन्सलाई कोरोना संक्रमित बोक्न र नयाँ एम्बुलेन्स कोरोना संक्रमित बाहेकका बिरामी बोक्न छुट्याईएको छ ।
दुबै एम्बुलेन्सले निःशुल्क सेवा दिने नगर प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । नगरपालिकाले कोरोना संक्रमित र आईसोलेसन ब्यवस्थापनमा काम गर्ने गरी एक करोड रुपैयाँको कोष समेत स्थापना गरेको छ । ‘ हामी अहिले निकै जटिल परिस्थितिसँग जुधिरहेका छौ, यो परिस्थितिमा नगरबासीलाई कसरी सजिलोसँग सेवा दिने भन्ने विविध पक्षमा काम गरिरहेका छौ, नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो ‘त्यसै अन्तर्गत नगरपालिकाले नगरबासीका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिईरहेको छ ।’
नगरपालिकाले एम्बुलेन्स सेवा सहजीकरणका लागि निश्चित ब्यक्ति समेत तोकेको छ । नगरपालिकाको जुनसुकै ठाउँमा एम्बुलेन्स चाहिँ ९८४१५४३९९० र ९८४१००५१५३ मा फोन गर्न सकिने ब्यवस्था मिलाईएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।
नगरपालिकाले आईसोलेसन सञ्चालन गर्ने विषयमा समेत छलफल अघि बढाईसकेको छ । अक्सिजन सहितको ५० बेड क्षमतासम्मको आईसोलेसन सञ्चालन ल्याईने नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २४ वैशाख २०७८, शुक्रवार १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु