धुलिखेल नगरपालिकाले कोरोना संक्रमितलाई अत्यावश्यक पर्ने सामग्री निशुल्क वितरण गर्ने
धुलिखेल । धुलिखेल नगरपालिकाले करिव एक हजार जनालाई पुग्ने गरी कोरोना विरुद्धको सामग्रीहरु वितरण गर्ने भएको छ। नगर प्रमुख अशोक कुमार ब्याञ्जुले अन्तराष्ट्रिय विकास साझेदार संस्थाबाट प्राप्त भएको सहयोग नगरबासीलाई वितरण गर्ने जानकारी दिनुभयो ।
कोरोना लागेको अवस्थामा खाने भिटामिन ‘सी’, ‘डी’ र जींङ्क, ज्वरोको औषधि, एन्टिवाइटीक र २५ हजार थान मास्कसहितको सामग्री निःशुल्क वितरण गर्ने ब्याञ्जुले जानकारी दिनुभयो ।
स्थानीय सरकार जनताप्रति उत्तरदायी र प्रत्यक्ष सम्पर्कमा रहने भएकाले हरेक काम जनजीवन र जनताको आवश्यक्ताको महशुस गरेर गर्नु पर्ने नगर प्रमुख ब्याञ्जुको भनाइ छ। धुलिखेल नगरपालिकाले यसअघि नै निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराइसकेको छ ।
प्रकाशित मिति: २४ वैशाख २०७८, शुक्रवार १४:५३ बजे











