२० वैशाख २०८३, शनिवार

नेपाल नगरपालिका संघकाे स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण

काठमाडौँ । नेपाल नगरपालिका संघले दोस्रो चरणको कोभिड १९ को संक्रमण दिनानुदिन फैलिदै गएको र हालसम्म नेपालमा ६८ जिल्लामा फैलिएर झन् भयावह

भएको र हस्पिटलका बेडहरु, अक्सिजन अभावले अधिक मात्रामा मानवीय क्षती समेत भइरहेको अवस्थामा सरकारले महामारी नियन्त्रणका लागि लिएको नीति, सेवा, मापदण्डको उच्च मुल्याङ्कन गर्दै नेपाल नगरपालिका संघ हार्दिक आभार व्यक्त गर्दै । विगतमा यसको नियन्त्रणका लागि सचेतीकरण, पहिचान, क्वारेन्टिन तथा आइसोलेसन कक्ष, स्वास्थ्य सेवा, बजार व्यवस्थापन गर्न स्थानीय सरकारहरु अहोरात्र खटेको र संघ सरकारले महामारी नियन्त्रणकालागि लिएको नीति, सेवा, मापदण्डको उच्च मुल्याङ्कन गर्दै नेपाल नगरपालिका संघ हार्दिक आभार व्यक्त गर्न चाहन्छ ध्यानाकर्षण पत्रमा भनिएको छ ।संक्रमण रोकथाम संविधानत संघको एकल अधिकार रहेता पनि महामारी नियन्त्रणमा साझा प्रयासमा मात्र सम्भव हुने र संविधानको मुल मर्म पनि तिनै तहका सरकार विच सहकारीता र समन्वय हुनुपर्ने हुन्छ भन्ने कुरा नेपाल नगरपालिका संघकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । हाल फैलदो महामारी नियन्त्रण गर्न नसके विकराल स्थिती आउन सक्ने भएकोले मुलूकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरि नागरिकको जीउ ज्यान सुरक्षाका लागि निम्न बमोजिमका कार्यलाई अघि बढाउन संघ सरकारलाई ध्यानाकर्षण गराएको छ ।
नेपाल नगरपालिका संघकाे ध्यानाकर्षण पत्र संघकाे अध्यक्ष अशोक ब्याञ्जुले जारी गर्नुभएको उक्त ध्यानाकर्षण पत्रमा स्वास्थ्य मन्त्रालयलाई ११ बुँदामा काम गर्न सुझाव दिएको छ । साथै कोरोना भाइरस (कोभिड-१९) दोस्रो लहर फैलिरहेकोले तत्काल स्वास्थ्य संकटकाल घोषणा गरेर यस माहामारीको नियन्त्रणमा लाग्न अनुरोध गरेको छ ।

१. बिगतमा संघ र स्थानीय सरकारले महामारी नियन्त्रणमा निर्वाह गरेको भूमिका प्रति नेपाल नेपाल नगरपालिका संघ हार्दिक धन्यवाद दिदै अविलम्ब प्रभावकारी कार्य योजना ल्याउन अनुरोध गर्ने ।
२. संक्रमण रोकथाम संघ सरकारको एकल अधिकार भएतापनि स्थानीय र प्रदेश सरकार विच सहकारीता र समन्वय गरी अधिकार बॉडफॉड गर्न कानून बनाउनु पर्ने
नेपालका ७७ बटे जिल्ला सदरमुकाम रहेका स्थानीय सरकारमा सरुवारोग नियन्त्रण अस्पतालको यथासिघ्र स्थापना गरि प्रभावकारी संचालन गर्ने

४. स्थानीय सरकारहरुले कोभिड १९ रोकथाम र नियन्त्रण कार्यमा समानिकरण अनुदानबाट खर्च गर्न संघ सरकारले परिपत्र गरेकोले सो बाट प्रभावित सेवा प्रभाह र विकास कार्यका लागि सोधभर्ना उपलब्ध गराउने ।
५. हाल माहामारीको अवस्था हेरी सम्पूर्ण स्थानीय सरकारहरुमा स्वास्थ्य संकटकाल घोषणा गरि स्वास्थ्य सेवालाई प्रथम प्राथमिकतामा राख्ने र स्थानीय तहमा सोहि बमोजिमको अतिरिक्त बजेटको व्यवस्था गर्ने ।

६. सबै नगरिकलाई खोपको ब्यवस्था शुनिच्चित गर्ने र सबैको पहुँचमा पुयाउन तथा दिगोपनाका निमित्त तीन तहको सरकारको आर्थिक साझेदारी गर्ने । ७. नगर र गाउँ पालिकामा नगरपालिकाको नेतृत्वमा स्वास्थ्य सेवाका सबै काम एकीकृत योजना तर्जुमा गरि साझेदारी रुपमा प्रभावकारी कार्यान्वयन गर्ने ।

८. संघ र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तरगत विनियोजन भई खर्च नभएको रकम कोभिड १९ नियन्त्रणमा स्थानीय सरकार मार्फत खर्च गर्ने ।

९. सबै नगरिकको कोभिड विमा गर्ने व्यवस्था मिलाउने र स्वास्थ्य सेवा कर्मीलाई प्रोत्साहन स्वरुप विशेष सुविधा दिई उच्च मनोबलका साथ परिचालन गर्ने ।
१०. प्राथमिक स्वास्थ्य सेवा गुणस्तर युक्त बनाउन स्थानीय सरकारले सबै पालिकामा स्वस्थ सहर / गाउँ पालिकाको
अवधारणा अनुरुप रणनीति बनाई काम थालनी गर्ने ।

११. सेना प्रहरी र कर्मचारी एवं जनप्रतिनिधिहरुको सेवा लिने आवश्यक संयन्त्र निर्माण गर्ने ।

प्रकाशित मिति: २८ वैशाख २०७८, मंगलवार २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु