१२ वैशाख २०८३, शुक्रवार

धुलिखेल नगरपालिकाको प्रत्येक वडामा कोरोना परिक्षण,संक्रमितलाई औषधि वितरण

धुलिखेल । कोरोनाको संक्रमण बढी रहेको अवस्थामा धुलिखेल नगरपालिकाले प्रत्यक वडामा कोरोना परिक्षण गरीरहेको छ । धुलिखेल नगरपालिकाको प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले नगर क्षेत्रमा एक हजार जनाको कोरोना (कोभिड-१९) परिक्षण गर्ने र कोरोना (कोभिड-१९) संक्रमितको कन्ट्रयाक्ट ट्रेसिंङ गर्ने र लक्ष्य रहेकाे बताउनुभयो । सो क्रममा धुलिखेल नगरपालिकाले क्रम बद्ध रुपले नगर बासीहरु को स्वास्थ सुरक्षा र जोखिमलाई ध्यानमा राखी धुलिखेल नगरपालिका स्वास्थ साखा बाट सरोकारवाला हरुको उपस्थितिमा धुलिखेल नगरपालिकाको वडा नं १ देखि १२ वडाहरुमा कोरोना परिक्षण गरीरहेको छ । आज धुलिखेल नगरपालिका वडा नं ८ बडाल गाउमाँ कोरोना संग मिल्दोजुल्दो लक्षण देखा परेका व्यक्तिहरु सहित १२७ जनाको स्वाब संकलन गरियो।
यसैगरी धुलिखेल नगरपालिका वडा नं.११ कल्छेमा हिजो ९९ जनाको स्वाब परिक्षण गर्दा आज प्राप्त धुलिखेल अस्पतालको रिपोर्ट अनुसार ६६ जनाको कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमितलाई पात्लेखेत स्वास्थ्य चौकी आवश्यक औषधि उपलब्ध गराउने जानकारी वडा अध्यक्षले दिनुभयो ।

आज स्वाब संकलन गरिएको १२७ जान को रिपोट भोलि आउने जानकारी धुलिखेल नगर स्वास्थ शाखा प्रमुख सन्दिप के.सी ले जानकारी गराउनु भएको छ।

माहामारीको उग्र प्रकोपको यो समयमा धुलिखेल नगरपालिका स्वास्थ्य शाखा याहाँहरुको साथमा छ। वडाको पात्लेखेत स्वास्थ्य चौकीमा सम्पर्क गरी आवस्यक औषधी तथा मास्कहरु लिन अनुरोध गरीन्छ। सचेत रहौं । संयमित रहौं सतर्कता कायम गरौं ।

प्रकाशित मिति: ६ जेठ २०७८, बिहीवार १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु