धुलिखेल नगरपालिका जेठ २२ गते शनिबार राति १२ बजेसम्म शिल
धुलिखेल । धुलिखेल नगरपालिकामा कोरोना सङ्क्रमण बढिरहेकोले जेठ १२ गते बुधबार राति १२ देखि जेठ २२ गते राति १२ सम्म थप गरेको छ । जेठ ८ गते शनिबार राति १२ बजेदेखि जेठ १२ गते बुधबार राति १२ बजे सम्म नगर क्षेत्र शिल गरीएकोमा कोरोना सङ्क्रमण बढिरहेकोले थप जेठ २२ गते राति १२ बजेसम्म धुलिखेल नगरपालिका शिल गरीएको छ ।
कारोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई मिति २०७८ जेठ २२ गते रातको १२ बजे सम्म शिल गर्नुपरेको नगरप्रमुख अशोक व्याञ्जुले बताउनुभयो । उहाँका अनुसार बुधबार राति १२ बजेदेखि जेठ २२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । “औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ”, व्याञ्जुले भन्नुभयो ।
नगरद्वारा जारी सुचना
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणको दोस्रो लहर यस नगरपालिका भित्र पनि तीब्र रुपमा समुदाय स्तरमा नै फैलिएकोले नगरपालिकाको सम्पूर्ण क्षेत्र संक्रमणको अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको हुँदा यस विषम परिस्थितिमा कोरोना भाइरस संक्रमणको श्रृंखला तोडी संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न धुलिखेल नगरपालिकाको मिति २०७८/०२/०७ गतेको निर्णय अनुसार मिति २०७८ साल जेठ १२ गते बुधवार रातिको १२:०० बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा शिल गरिएकोमा जिल्ला प्रशासन कार्यालय काभ्रेको मिति २०७८।०२।११ को आदेश बमोजिम हुने गरी उक्त शिल अवधि २०७८ साल जेठ १२ गते बुधवार रातीको १२:०० बजे देखि २०७८ ।२।२२ गते रातिको १२:०० बजे सम्म थप गरिएको व्यहोरा जानकारी गराइन्छ ।धुलिखेल नगरपालिकाले जारी गरेको सुचना मा भनिएको छ ।

प्रकाशित मिति: १२ जेठ २०७८, बुधवार १५:०४ बजे











