१५ वैशाख २०८३, सोमवार

धुलिखेल नगरपालिकाका ६ हजार ९ सय ५९ जनाले लगाए कोभिड- १९ विरुद्ध खोपको – प्रमुख अशोक व्याञ्जु

धुलिखेल । धुलिखेल नगरपालिकाबाट कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको खोप अभियान अन्तर्गत हाल सम्म कोभिडसिल्ड खोप र भेरोसेल खोप ४ हजार ४ सय ५९ जनालाई नगरपालिका मार्फत र धुलिखेल अस्पताल मार्फत २ हजार ५ सय लाई लगाइएको जानकारी नगरप्रमुख अशोक व्याञ्जुले दिनुभयो । साथै धुलिखेल नगरपालिकाले कोभिडसिल्ड र भेरोसेल खोपको दोश्रो चरण पनि २ हजार ३ सय २ जना लाई प्रदान गरिएको जानकारी नगर प्रमुख अशोक व्याञ्जुले दिनुभयो । साथै अबको केही दिनमै ४ सय जनालाई नगरपालिकाले दोश्रो चरणको खोप दिने जानकारी नगरप्रमुख अशोक व्याञ्जुले दिनुभयो ।

धुलिखेल नगरपालिकाको प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठका अनुसार हालसम्म ६ हार ९ सय ५९ जनाले पहिलो डोज कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन् ।

धुलिखेल नगरपालिका मार्फत कोभिसिल्ड र भेरोसेल भ्याक्सिन ४ हजार ४ सय ५९ जनाले लगाएका छन् भने धुलिखेल अस्पताल मार्फत २ हजार ५ सयलाई खोप लगाइएको प्रमुख अशोक व्याञ्जु श्रेष्ठले बताउनुभयो

धुलिखेल नगरपालिकाका २ हजार ३ सय २ जनाले दोस्रो डोज खोप लगाएका छन् । अब थप ४ सय जनालाई दोस्रो डोज खोप लगाउन पहल भैरहेको प्रमुख अशोक व्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १२ जेठ २०७८, बुधवार २२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु