२२ वैशाख २०८३, सोमवार

धुलिखेल नगरपालिकाद्वारा बिपन्न महिलाहरुलाई नि:शुल्क बंगुर र कुखुरा वितरण

धुलिखेल । धुलिखेल नगरपालिकाले बिपन्न महिलालाई नि:शुल्क बंगुर र कुखुरा वितरण गरेको छ । धुलिखेल नगरपालिकाले महिलासंग उपमेयर कार्यक्रम अन्तर्गत बिपन्न महिलालाई बंगुर र कुखुरा वितरण गरिएको हो ।

धुलिखेल नगरभित्रका सबै वडाका बिपन्न महिला छनौट गरेर नगर प्रमुख अशोक कुमार ब्याञ्जु र उपप्रमुख बिमला शर्माले आज बंगुर र कुखुरा वितरण गर्नुभएको हो । नगरपालिकाले विपन्न वर्गका परिवारलाई व्यवसायिक पशु पालन तर्फ आकर्षित गर्ने उद्देश्यले बंगुर र कुखुरा वितरण गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।

धुलिखेल नगरपालिकाले १९ जना बिपन्न महिलालाई ५०/५० वटा खुकुरा नि:शुल्क वितरण गरिएको हो । त्यसैगरी १५ जना बिपन्न महिलालाई २/२ वटा बंगुर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

यसअघि पनि धुलिखेल नगरपालिकाले नगरभित्रका बिपन्न महिलालाई बाख्रा वितरण गरेको थियो । धुलिखेल नगरपालिकाले १३५ जना विपन्न महिलालाई नि:शुल्क बाख्रा वितरण गरिएको हो ।

‘आर्थिक रूपमा कमजोर बिपन्न महिलाहरूको आयआर्जन बृद्धि गर्ने उद्देश्यले धुलिखेल नगरपालिकाले बाख्रा, बंगुर र कुखुरा वितरण गरिएको हो, नगरप्रमुख अशोक ब्याञ्जुले भन्नुभयो ‘नगरबासी आर्थिक रूपमा अब्बल हुनुभयो भने नगरपालिका विकासमा ठूलो सहयोग हुन्छ ।’

प्रकाशित मिति: २७ असार २०७८, आइतवार २२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु