१५ वैशाख २०८३, सोमवार

बुद्ध एअरको जहाज अवतरण गर्दा चक्का नखुलेपछि…

काठमाडौं, असाेज ११ गते । सोमबार बिहान काठमाडौबाट विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज अवतरण हुने क्रममा चक्का नखुलेपछि पुनः काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको छ । बुद्ध एअरको यु १६१ रहेको (एनएजेओ) जहाजमा समस्या आएको बताइएकाे छ ।

उडान नम्बर यु १६१ रहेको एनएजेओ जहाजमा समस्या आएको तर काठमाडौं फर्किने क्रममा केही समयपछि पुनः चक्का खुलेपछि सुरक्षित अवतरण भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्त रिन्जी शेर्पाले बताउनुभयो । जहाजको प्राविधिक टोलीले पाइलटसँग आकाशमै समन्वय गरेकाले कुनै पनि मानवीय क्षति हुने अवस्था नआएको शेर्पाले जानकारी दिनुभयो ।

बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णले भने जहाजमा समान्य समस्या आए पनि केहीसमय पछि सबै समस्या समधान भएको बताउनुभयो ।
स्रोत: गोरखापत्र

प्रकाशित मिति: ११ असोज २०७८, सोमवार १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु