काभ्रेको विकासका लागि एमाले ‘निर्विकल्प’ , यस्ता छन् समृद्धिका योजना

धुलिखेल- आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु घर घर पुग्ने क्रम तिब्र भएको छ । निर्वाचनको दिन नजिकिदै गर्दा उम्मेदवार र राजनीतिक दलले प्रचार प्रसारलाई तिब्र बनाएका हुन् ।
‘काभ्रेपलाञ्चोक जिल्लाको विकासका बादशाह बनेका छन् गोकुल बास्कोटा । यो पटक पार्टी भन्दा पनि जिल्लाको विकासका लागि आवश्यक ब्यक्ति संसद्मा पठाउनु जिल्लावासीको दायित्व हो’–पाँचखाल घर भएका मतदाता चन्द्रकुमारी शिवभक्तिले भन्नुभयो–‘पाँचखालमा विश्वविद्यालयका अलावा जिल्लाका अन्य स्थानमा पूर्व मन्त्री बास्कोटाले शुरु गरेका आयोजनाको पूर्णता आवश्यक छ ।’ चन्द्रकुमारी शिवभक्ति जस्तै जिल्लाका थुप्रै मतदाताहरुले काभ्रे जिल्लाको समृद्धिका लागि बास्कोटालाई मतदान गर्नुपर्ने बताउन थालेका छन् । नेकपा एमालेले शुरु गरेका आयोजनाहरुको पूर्णता तथा स्थिर सरकार र विकासको गतिका लागि प्रतिनिधि सभा १ मा रेशम लामा, प्रदेश सभामा दिलिप तामाङ र चन्द्र लामा, प्रतिनिधि सभा २ मा गोकुल बास्कोटा, प्रदेश सभामा कुमार खकुरेल र कुमार थापालाई उम्मेदवार बनाएको छ । एमालेबाट उम्मेदवार बनेकाहरु मध्ये बास्कोटा र चन्द्र लामा यस अघि निर्वाचित भई जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका खेलिसकेका छन् भने रेशम लामा समानुपातिक सूचीबाट राज्य मन्त्री समेत भईसकेका छन् । दिलिप, कुमार खकुरेल र कुमार थापा नयाँ अनुहार हुन् । मतदाताको घरदैलोमा पुगेर उम्मेदवाहरुले आफ्नो प्रतिबद्धता ब्यक्त गरिरहेका छन् । जिल्लामा ६४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिवेशनले सबल, समृद्ध, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको पूर्वाधारयुक्त जिल्ला निर्माण गर्ने योजना पास गरेको थियो । एमालेको धुलिखेलमा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन सँगै जिल्ला निर्माणमा खाका तयार गरेको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । एमाले काभ्रेले यहि खाका लिएर उम्मेदवारसँग मतदाताको घरदैलोमा पुगेको छ । ‘समृद्ध काभ्रेली नमुना काभ्रेको अवधारणालाई मूर्तरुप प्रदान गर्न विगतमा गरेको पहलकदमीहरुलाई निरन्तरता दिँदै आगामी दिनमा पूर्वाधार विकास, औद्योगिक, कृषि, प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन लगायतका क्षेत्रको विकासका लागि योजना निर्माण गरेका छौंं’–एमाले अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो– ‘यसअघि छैटौ जिल्ला अधिबेशनले पास गरेका योजनाहरुलाई हामी सत्तामा पुग्दा कार्यान्वयन गरेका छौं जसका कारण काभ्रेमा अरबौं बजेट तिनै योजनाहरुमा विनियोजन भएको छ ।’
जिल्लामा आगामी ५ वर्ष भित्र १ हजार किमी सडक कालोपत्रे गर्ने, काभ्रे उपत्यकालाई राजधानीको विस्तारित तर योजनाबद्ध नयाँ केन्द्रको रुपमा विकास गर्ने, बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्ने, भक्तपुर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने, पाँचखाल नगरपालिका भित्र रहेको झिगुखोला करिडोरको निर्माण गर्ने, मण्डनदेउपुर नगरपालिकाको चाखोला करिडोर निर्माण गर्ने, नमोबुद्ध, रोशी, पनौती लगायत स्थानका सम्भाब्य करिडोर क्षेत्रमा ब्यवस्थित पूर्वाधार सहितको बस्ति ब्यवस्थापन गर्ने, डाँडापारी, कोशिपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरुको सडक र पुर्वाधारको विकास गर्ने, जिल्लाका विभिन्न स्थानमा आवश्यक पुलहरुको सर्भे गरी निर्माण गर्न, जिल्लामा ५ हजार सिट क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने योजना बनाएको छ ।
त्यस्तै एक पालिका एक विशिष्टकृत विकासका लागि प्राथमिकतामा राख्ने योजना अनुसार हरेक पालिकालाई विशेष पहिचानयुक्त पालिका बनाउने, पाँचखाललाई कृषि तथा औद्योगिक केन्द्र, बनेपालाई आधुनिक ब्यवसायीक केन्द्र, पनौतीलाई साँस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेललाई पर्यटन शिक्षा स्वास्थ्य र साँस्कृतिक केन्द्र, नमोबुद्धलाई धार्मिक साँस्कृतिक पर्यटन र औद्योगिक केन्द्र, मण्डन देउपुरलाई पर्यटन र कृषि केन्द्र, भूम्लुलाई पर्यटन र कृषी केन्द्र, चौरीदेउरालीलाई पर्यटन र कृषी अनुसन्धान केन्द्र, तेमाललाई साँस्कृतिक पर्यटन र बुद्धचित्त उत्पादन केन्द्र, रोशीलाई कृषि पर्यटन साँस्कृतिक र जैविक अनुसन्धान केन्द्र, महाभारतलाई जडिबुटी र फलफुल उत्पादन तथा पशुपालन केन्द्र, खानीखोलालाई जडिबुटी कफी र पशुपालन केन्द्र, बेथानचोकलाई पर्यटन, प्राकृतिक श्रोत अध्ययन तथा पशुपालन केन्द्रको रुपमा विकास गर्न गुरु योजना तर्जुमा गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।
प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन तर्फ पलाञ्चोक भगवती मन्दिरलाई अझै ब्यवस्थित र पूर्वाधार निर्माण सम्पन्न गरी पर्यटकहरुको आकर्षणको रुपमा विकास गर्ने, पनौती नगरपालिकाको पुरानो बजारलाई विश्व सम्पदा सूचीमा राखिने तयारीलाई तदारुकताका साथ अगाडी बढाउने, नमोबुद्धमा बृहत पर्यटकीय क्षेत्रका लागि आवश्यक संरचना निर्माण गर्ने, तेमालको ऐतिहासिक दरबार उत्खनन् र संरक्षण गरि आवश्यक पूर्वाधार निर्माण गर्ने, बेथान्चोक नारायणस्थानमा आवश्यक पुर्वाधारको निर्माण गरी पर्यटन केन्द्र निर्माण गर्ने, रोशी गाउँपालिकाको भुमेचुली, ताराखसेलेक लगायतका स्थानहरुको संरक्षण र प्रचारप्रसार गर्ने, पनौती नगरपालिकाको कुशादेवीस्थित गुर्दुमडाँडाबाट सुरु भएको प्याराग्लाईडिङ्गको विकास र संरक्षण गर्ने, बनेपाको बासुकी, तनचोक, ठुलीचौर लगायतका स्थानहरुको संरक्षण र प्रचार प्रसार गर्ने, मण्डनदेउपुर नगरपालिकाभित्र पर्ने नगरकोट, ठुलीचौर लगायतका स्थानमा थप ब्यवस्थित, पूर्वाधार निर्माण सहित संरक्षण र आवश्यक प्रचार प्रचार गर्ने, भुम्लुको दोलालघाट, मुलखर्क भिमसेनस्थान लगायतका स्थानको प्रचार प्रसार गर्ने एमालेले बताएको छ । त्यस्तै धुलिखेलको देविस्थान लगायतका विभिन्न स्थानमा रहेका पर्यटकिय स्थलहरुको संरक्षण सहित पूर्वाधार निर्माण गर्ने, श्रीरामपाटी क्षेत्रको उत्खनन गरी संरक्षण गर्ने, अन्य सबै पालिकाहरुमा रहेका धार्मिक क्षेत्रहरुको प्रचार प्रसार, संरक्षण र प्रर्वद्धन गर्ने, हरेक पालिकामा कम्तीमा एक होमस्टे, एक पर्यटकीय गन्तब्य निर्माण गर्ने, नमोबुद्ध–३ र धुलिखेलमा खुला चिडियाखाना स्थापना गर्ने, भुमेडाँडामा चरा अध्ययन केन्द्र स्थापना गर्ने, सिमसार क्षेत्रको संरक्षणका लागि योजना बनाउने, परम्परागत पोखरी, बर पिपल चौतारीहरुको संरक्षण गर्ने र वाटर रिचार्जका लागि डाँडाहरुमा पोखरी निर्माण गर्ने एमालेले बताएको छ ।
कृषि पशूपालनतर्फ सहस्राब्दी विकास लक्ष्य अनुसार हरेक नागरिकको आयस्तर उकास्न हरेक पालिकामा वातावरण अनुकूल फलफुल उत्पादनमा प्रोत्साहन गर्ने, एक वडा एक नर्सरी र एक पालिका एक विशेष कृषि उत्पादन केन्द्रको अवधारणालाई अघि बढाउने, चौवास क्षेत्र र वाल्टिङ्गमा बोटानिकल गार्डेन सहितको चिया उत्पादन बगैचा निर्माण गर्ने, बनेपा र धुलिखेलमा बोटानिकल गार्डेन निर्माण गर्ने, ब्यवसायीक पशुपालन र ब्यवसायीक तरकारी खेतिमा जोड दिने, जिल्लामा एम्बुलेन्स सहितको सुविधासम्पन्न पशु अस्पताल निर्माण गर्ने, कृषी तथा पशुजन्य उपजको गुणस्तर जाँचकेन्द्र स्थापना गर्ने निर्णय गरेको छ । विश्वविद्यालय तथा शैक्षिक क्षेत्र तर्फ एमालेले मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालय र मदन भण्डारी प्रौधोगीक विश्वविद्यालयको निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्ने, प्रतिरक्षा विश्वविद्यालय निर्माणको कार्यलाई तिब्रता दिने, काभ्रे जिल्लामा त्रिविको आंगीक कलेज स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय स्थापना गर्ने, हरेक विद्यालयमा विज्ञान गणीत र आईटी पठनपाठनलाई ब्यवस्थित गर्ने, खगोल शास्त्र अध्ययन केन्द्र निर्माण गर्ने योजना बनाएको छ ।
अन्य पूर्वाधार तर्फ फिल्म सिटी स्टुडियो निर्माण कार्यलाई तिब्रता प्रदान गर्ने, माउण्टेन स्पोर्टस एकेडेमीको निर्माण गर्ने, हरेक नगर तथा पालिकाहरुमा नमुना र ब्यवस्थित शहर निर्माण गर्ने, हरेक पालिकामा एक खेल मैदान निर्माण गर्ने, जिल्लामा क्रिकेट खेल मैदान निर्माण गर्ने, सम्भावित नदीहरुमा विद्युत गृह स्थापना गर्ने, पर्यटनलाई जोड दिने, सम्भावना अध्ययन गरि जलविहार स्थल निर्माण गर्ने, पुरातात्विक तथा सांस्कृतिक संग्राहलय निर्माण गर्ने, एक पालिका एक कला र साहित्य केन्द्र स्थापना गर्ने, दिगो विकासको लक्ष्य हासिल गरी काभ्रेलाई सन् २०३० भित्र गरिवी उन्मुलन गरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका पूर्वाधारहरुका माध्यमबाट सबल र समृद्ध काभ्रे बनाउने प्रस्ताव एमालेले गरेको छ । एक पालिका एउटा ठुलो पर्यटकीय, धार्मिक र साँस्कृतिक पार्क निर्माण गर्ने, प्रत्येक पालिकामा महिला, युवा, दलित र गरिव परिषदहरु गठन गरि स्वरोजगारीको काम गर्ने र गरिवी निवारण गर्ने, एक पालिका एक अत्याधुनिक ब्यायामशाला, योग तथा प्राकृतिक चिकित्सा केन्द्र निर्माण गर्ने, एक पालिका एक अनाथालय स्थापना गर्ने, जिल्लाका सबै बस्तीहरुमा एक घर एक स्वच्छ खानेपानीको धाराको ब्यवस्था गर्ने निर्णय गरेको छ ।
सबै बस्तिमा ईन्टरनेट सेवा पु¥याउने, सिंगो काभ्रे जिल्लाको भौगर्भिक अध्ययन गर्ने (प्राकृतिक श्रोत, विपद अवस्था, कृषी उत्पादन, बस्ति विकास आदी), ह्याण्डी क्राफ्ट उत्पादन तथा बिक्री केन्द्र स्थापना गर्ने, जिल्लाको माईक्रो इकोनोमिक्स स्टाटस अनुसन्धान गर्ने, रसायनिक मलको भण्डारण क्षमता बृद्धि गर्ने, जिल्लामा रहेका सबै प्रमुख नदी जलाधार क्षेत्रको संरक्षणको योजना बनाउने, जिल्लाका प्रमुख शहरहरुमा शहरी सौन्दर्यकरण परियोजना लागु गर्ने, कम्पोष्ट मल उत्पादन र पानी शुद्धिकरण सहितको एकिकृत फोहोर मैला ब्यवस्थापन आयोजना सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।
Bokep Indonesia Terbaru
Bokep Jepang Jav
Bokep ukthi jilbab
GOBETASIA
DAYWINBET
GOBETASIA
GOBET
DAYWINBET
SLOT GACOR
BOKEP INDO
BOKEP INDONESIA
DAYWINBET
SLOT GACOR
GOBETASIA
slot gacor maxwin
slot gacor
GOBETASIA
GOBETASIA
slot 4d gacor
प्रकाशित मिति: २७ कात्तिक २०७९, आइतवार २१:४३ बजे