काभ्रे समाजवादी उपसचिव नै एमाले फर्किए
काभ्रे | नेकपा एकीकृत समाजवादी काभ्रेमा पहिरो जाने क्रम जारी रहेको छ ।
पार्टी जिल्लाको घोषणा भएको केही महिनामा नै अधिकांश नेताहरू पुन एमालेमा नै फर्कन थालेपछि समाजवादी पार्टीको वास्तविक अवस्था उजागर भएको छ ।
तत्कालीन एमाले जिल्ला कमिटीको ३ जना निर्वाचित सदस्यहरुको उपस्थितिमा भएको जिल्ला कमिटी घोषणा गर्न माधव नेपाल आफै काभ्रे पुगेका थिए । तर घोषणा गरेको केहि दिन मै दर्जन सदस्यले आफू उक्त पार्टीमा नरहेको बिज्ञप्ति निकालेका थिए ।
त्यस्तै कतिपय माधव पक्षका नेता पार्टी फुटको विपक्षमा उभिएर आफुहरु एमाले मै रहेको घोषणा गरेका थिए ।
काभ्रेमा एमाले कमजोर भएको र आफू बलियो भएको भन्दै प्रचारवाजी गर्दै आएको नेकपा एस काभ्रेको खम्बाको रूपमा चिनिएका नेताहरू पुन पार्टीको मुलधार मै फर्कने क्रम सुरु भएको छ ।
नेकपा एस(समाजवादी) काभ्रे जिल्ला कमिटी उपसचिव भक्त कुमारी लामा पुन एमाले मै फर्किए पछि टोकबहादुर टिममा भुकम्प गएको छ ।
भक्त कुमारी लामा अनेरास्ववियु केन्द्रिय सचिव सम्म बनेर पार्टी काममा फर्किएकी उनी एमालेको तर्फबाट पाँचखाल नगरपालिकाको उपमेयरको उम्मेदवार समेत बनेकी थिइन । हाल लामा एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेकी छिन ।
त्यस्तै समाजवादीका अन्य नेताको पनि एमाले नेतृत्व सङ्ग बारम्बार संवादमा रहेको र चाडै सहमति हुनसक्ने सम्भावना रहेको समाजवादीका एक नेताले बताए ।
प्रकाशित मिति: १५ असोज २०७८, शुक्रवार २०:५७ बजे











