२१ वैशाख २०८३, आइतवार

ऐतिहासिक देविस्थानमा सात करोडको लागतमा पर्यटकीयस्थल निर्माण हुदैं

सात करोड लागतमा धुलिखेल नगरपालिकामा पार्क निर्माण हुने

धुलिखेल । धुलिखेल नगरपालिकाको देबिस्थानमा सात करोडको लागतमा देविको मुर्ती सहितको पार्क निर्माणकार्य सुरु भएको छ । आज धुलिखेल नगरपालिकाको प्रमुख तथा नेपाल नगरपालिका संघको अध्यक्ष अशोक ब्याञ्जुले देविको मुर्ती सहितको पार्क निर्माणकार्यको सिलान्यास गर्नु भएको छ । देविको मुर्ती सहितको पार्क ,पिकनिक स्थाल, सडक र संग्राहलय सहित निर्माण हुने छ । देविको मुर्ती सहितको पार्क निर्माणकार्यको लागि पर्यटन मन्त्रालय र धुलिखेल नगरपालिकाको लागत रहेको छ ।

धुलिखेल नगरपालिका स्थानीय तहको निर्वाचन पछाडि आफ्नो मुहार फेरिरहेको छ सुन्दर शान्त र रमणीय पर्यटकीय नगर धुलिखेलले सम्पूर्ण वडाहरुमा पार्कहरु निर्माण गरी सुन्दर नगरको रुपमा बिकास गरिरहेको छ ।

स्थानीय तह निर्वाचन पछि निर्वाचित जनप्रतिनिधि नगर प्रमुख अशोक व्याञ्जुले धुलिखेलमा निर्वाचनको घोषणा पत्रमा उल्लेख भए बमोजिमको विभिन्न योजनाहरु मध्य धुलिखेल नगर लाई पार्कहरुको सहर बनाउने योजना अनुरुप नै कामहरु भइरहेको नगर प्रमुख अशोक व्याञ्जुले बताउनु भयो ।
धुलिखेल नगरपालिकाको सबै वडाहरुमा पार्कहरु निर्माण गरिएको छ ।
धुलिखेल नगरपालिकाको देविस्थानमा सात करोडको लागतमा निर्माण हुने देविको मुर्ती सहितको पार्क ,पिकनिक स्थाल, सडक र संग्राहलयको निर्माणको लागि अघिल्लो वर्ष दुई करोडको काम सम्पन्न भइसकेको छ । अब पाँच करोडले देविको मुर्ती सहितको पार्क ,पिकनिक स्थाल, सडक र संग्राहलयको निर्माण सम्पन्न हुने छ ।

प्रकाशित मिति: २९ माघ २०७८, शनिवार १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु