धुलिखेल नगरपालिकाको विपद कोषमा दाताहरुले जम्मा गरे रकम

धुलिखेल । धुलिखेल नगरपालिका विपद व्यवस्थापन कोषमा जम्मा हुने गरि धुलिखेल नगरपालिकालाई विभिन्न संघ सस्थाहरुले राहत वितरण गरेका छन् । स्थानीय तहमार्फत नेपाल सरकारको राहत वितरणको एकद्धार प्रणलि निति अनुसार रहि धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुलाई राहत हस्तान्तरण गरेका छन् । बिश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि धुलिखेल नगरमा राहत हस्तान्तरण गर्नेमा निमार्ण ब्यबसायी सघं काभ्रेले धुलिखेल नगरलाई ७५ बोरा चामल , आगन्तुक होटलले २० बोरा चामल, धुखिलेल नगरपालिका १२ शखुं स्थायी घर भई दक्षिण कोरीयामा बसोबास गर्ने यम प्रसाद श्रेष्ठको संयोजकत्वमा १ लाख ४५ हजार बराबरको राहत सामाग्री, शंखुकै शेरचन ध्यान केन्द्र गुम्बाले १०० बोरा चामल, विगेन नेपाल कोरीया थेरापी संस्थाका संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठ २० हजार बराबरको राहत सामाग्री आज हस्तान्तरण गरेका छन् । ती विभिन्न संघ सस्थाहरुले धुलिखेल नगरमा उपलब्ध गराएको राहत नगरको सबै वडाहरुले त्यहाँ रहेका गरीब तथा विपन्न परिवारलाई वितरण गरिएको छ ।
साथै संस्थाहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल नगरपालिका विपद व्यवस्थापन कोषमा जम्मा हुने गरि काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था बनेपा-७ तथा बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था पनौती -१० बाट क्रमस रु ५००००/- र ३५०००/- को चेक प्राप्त भएको छ सो संस्था बाट नगर उप-प्रमुख बिमला कुमारी शर्मा लाई हस्तान्तरण गरेको छन् ।
प्रकाशित मिति: १५ वैशाख २०७७, सोमवार १८:१८ बजे