१५ वैशाख २०८३, सोमवार

निर्वाचन निर्धारित मितिमै :पूर्वमन्त्री बाँस्कोटा

युवा संघ धुलिखेलको कायर्क्रम

काभ्रे । राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीको आयोजनामा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा जिल्लाबाट मनोनीतलाई सम्मानार्थ आयोजनामा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने जिकिर गर्नुभएको छ ।

उहाँले राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा जिल्लाबाट मनोनीतलाई सम्मानार्थ आज आयोजित कार्यक्रममा निर्वाचन नसर्ने उल्लेख गर्दै निर्वाचनमा को कहाँ भन्ने हैसियत जनताले निर्धारण गरिदिने बताउनुभयो ।

“निर्वाचन कुनै पनि हालतमा सर्दैन, निर्वाचनमा जनताले मतद्वारा जहाँ राख्छन् हामी त्यही बस्न तयार छौँ”, बाँस्कोटाले भन्नुभयो, “हामी जित्नका निम्ति कुनै हर्कत गर्दैनौँ, देशका निम्ति कुन नेता चाहिन्छ जनताले आफैँले फैसला गर्नेछन् ।” उहाँले संविधानको धारा–८५ मा संसद् विघटनको अधिकार रहेको जिकिर गर्दै यसबारे निर्वाचनमा जान नचाहनेले जनतामा भ्रमण फैलाइरहेको बताउनुभयो । उहाँले थप्नुभयो, “संविधानमा संसद् विघटन नभएको खण्डमा सरकारको अवधि पाँच वर्षको रहनेछ भन्ने उल्लेख गरिएको छँदाछँदै चुनावमा जान नचाहनेले जनतामा भ्रम छरेका हुन्, यो भ्रम बिस्तारै चिरिनेछ ।”

उहाँले निर्वाचनमा जनताको घरदैलोमा जाँदा सरकारले गरेको कामको ‘फियरिस्त’ लिएर जाने बताउनुभयो । “फियरिस्तले वर्तमान सरकारले कुनै काम गरेन भनेर आलोचना गर्नेको मुख बन्द हुन्छ”, उहाँले भन्नुभयो, “नीति, सिद्धान्तमा प्रतिस्पर्धा नगरी पदको निम्ति पार्टीभित्र झगडा गर्नेले झैँ हामी पदका निम्ति जनतालाई बलिदानी दिने विचारक हैनौँ ।” हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा निर्माणको चरणमा रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्लाबाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने १२ र अनेरास्ववियु केन्द्रीय कमिटीमा मनोनीत १५ जनालाई सम्मान गरिएको थियो ।

सो अवसरमा नेकपा केन्द्रीय सदस्य एवं जिल्लाअध्यक्ष अशोक ब्याञ्जूले बोल्दै केपी ओली नेतृत्वको सरकारले एतिहासिक कामहरु गरेकोले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वले काम गर्ने नदिएको भन्दै अहिलेको प्रतिनिधि सभा बिघटन गरी जनतामाझ जाने निर्णय सहि भएको बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय एवं वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामाले अहिलेको सरकार र केपि ओली नेतृत्वको को नकपाले समग्र युवाहरुको भावना अनुसार काम गर्ने कुरा मा बिस्वस्त भएको कुरा बताउनु भयो ।सो अवसरमा नेकपा केन्द्रीय सदस्य रीता ढकाल, युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष विक्रम चौलागाईंलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा नेकपा केन्द्रीयमा र अनेरास्ववियु केन्द्रीय कमिटीमा मनोनीत नेतालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: १८ पुस २०७७, शनिवार १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु