२० वैशाख २०८३, शनिवार

काभ्रे जिल्लाको विकासमा एमालेले गरेको योगदान बारे प्रतिवेदन तयार पारिदै

काभ्रे । काभ्रेमा सयौ विकासका योजना संचालनमा छन् । काभ्रे जिल्ला एकीकृत विकासले गति लिदैछ । केपी ओलीले तीन वर्ष सरकार चलाउँदा जिल्लामा ठुला लगानीका आयोजनाहरुले प्रवेश पाएसँगै काभ्रे समृद्धि योजना साकार हुने दिशामा अघि बढ्दै गएको पर्वाधार, सहायक राजमार्ग निर्माण धमाधम भइरहेको छ । साथै पर्यटन पुर्वाधार, ठुला र मध्यम विद्युत योजना, करिडोर निर्माण, सुरक्षण छापाखाना निर्माण,मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी युनिभर्सिटि, मदनभण्डारी अद्यौगिक विश्वविद्यालय र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना, दुई राजमार्गको स्तरोन्नतीजस्ता कयौं योजनाहरु अघि बढ्दैछ । समृद्धितर्फ उन्मुख काभ्रेपलाञ्चोक जिल्लामाअर्वौ रुपैंयाको विकास, आयोजना अघि बढ्दैछ विभिन्न आयोजनाको काम भइरहेको छ जिल्लामा ठूला आयोजनाको पूर्वाधार निर्माणमा छुट्याइएको बजेटले स्थानीयवासीन्दामा खुशियाली छाएको छ । ठूला क्रमागत आयोजनाले पनि स्थानीयवासीमा आशा पलाएको पाइन्छ । दीर्घकालीन महत्वका दर्जनौं आयोजनाले रिन्तरता पाएका छन् । यीठूला आयोजनाले जिल्लाको मुहार फेरिने सरोकारबालाको विश्वास छ । पछिल्लो केही वर्षदेखि समृद्ध काभ्रेको परिकल्पनासँगै यसका सूचकका रुपमा राष्ट्रिय महत्वका दीर्घकालीन आयोजनाले प्राथमिकता पाउँदै गएको र अन्य पुर्वाधार विकासका योजनाले स्थानीयबासीलाई उत्साहि बनाउँदै लगेको छ । दूर्गम क्षेत्रबाट राष्ट्रिय राजमार्गसँग पुलः सडक निर्माणका नयाँ योजनाले जोड्ने रोशी, कोशी र डाँडापारी क्षेत्रमा जिल्लालाई समृद्ध बनाउन सहयोग गर्ने विश्वास गरिएको छ । निर्वाचनका समय जनतासँग गरेका वाचाअनुरुप आयोजनाहरु संचालन भइरहेको देखिन्छ । यि योजनाको सबै नेतृत्व नेकपा एमाले लिएको छ । नेकपा एमाले करिब ३ वर्ष सरकारमा रहँदा काभ्रेमा विकासको मुल फुटेको काभ्रे सेवा समाजका पूर्व अध्यक्ष केशव थापाले बताउँनु भयो ‘अन्यथा नलागोस,वास्तवमा काभ्रेबाट गोकुल बास्कोटाले सरकारको नेतृत्व गर्न पाउँनु नै हाम्रो जिल्लाले समृद्धिको यात्राको थालनी गरेको हो, त्यसैले म त यो गोकुल युग नै भन्छु ।’ एमाले जिल्ला अधिवेशनले काभ्रेको विकास र समृद्धिका यात्रा तय गर्ने गरि प्रतिवेदनको समेत तयारी भैरहेको नेता राजन भुर्तेलले बताउँनु भयो । उहाँका अनुसार यस अघि जिल्ला अधिवेसनमा विकास एजेन्डाहरु तय गरे अनुरुप काम अगाडी बढाइयो थियो अगाडी नेता भुर्तेलले थप्नु भयो ‘हामीले विकासको खाका पनि बन्द सत्रबाट पारित गर्छौं, यस अगाडीका अधिवेसनमा हामीले गरेको प्रतिवद्धता अनुसार नै काम गरेका छौँ । पाटि अध्यक्ष अशोक व्याञ्जुले समृद्ध काभ्रेको अभियान पुरा गर्ने र अधिवेसनले महत्वपुर्ण निणर्य र योजनाहरु तय गर्ने छ ।

एमाले सरकारमा रहँदा काभ्रेमा ३ वटा विश्वविद्यालयहरु लागि केन्द्रीय बजेट राखिएर काम अगाडी बढाइएको थियो । मदनभण्डारी साइन्स एण्ड टेक्नोलोजी युनिर्भसिटी (पाँचखाल), राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (बनेपा) र मदन भण्डारी अद्यौगिक विश्वविद्यालय (पनौती) मा काम अगाडी बढेको छ । त्यस्तै काभ्रे उपत्यका खानेपानी जुन हाल बनेपा पनौती र धुलिखेलमा रोशी खोलाबाट ल्याउँने अन्तिम चरण रहेको छ । विशेष आर्थिक सेज(पाँचखाल), वृहत पाँचखाल खानेपानी सुनकोसी नदिबाट लिफ्टिङ गरेर ल्याइदैछ । तिमाल खानेपानी आयोजना, भुम्लु एकघर एक धारा, धुलिखेल वातावरणीय सहर, भुकम्प पछिको पुननिमार्ण, पुराना पाटि पौवा, सतल धारा, एतिहासिक मठमन्दिर गुम्वाको जगेर्ना, किसानलाई अनुदान मार्फत रोजगारी सिर्जनाको काम, पर्यटकिय विकासमा ठुलो परिवर्तन, दर्जनौ सडकको स्तोरउन्नती र कालोपत्रे, मण्डनभ्याली वृहत खानेपानी योजना, सुनकोसी तेस्रो जलविद्युत आयोजनाको काम, विद्यालयहरुमा प्रविधिको विकास संगै कम्प्युटर ल्याव, डाडापारी क्षेत्रमा सञ्चारको विकास, सडक सञ्जालको विकास, सुकुटेमा पुल निर्माण विधुत विस्तार, ६ लेनको सडकको काम अगाडी बढेको छ, स्वास्थ्यको भवन निर्माण, बथिङ सेन्टर निर्माण, धुलिखेलमा प्रयोगशाला सञ्चालन, सबै स्थानिय तहमा व्यवस्थित स्वास्थ्य केन्द्रहरुको स्थापनाको क्रममा रहेको चौरी देउराली खानेपानी निर्माण चरणमा, बेथान्चोक, दाप्चा, साँगा पाचखाल भमरकोट खानेपानी योजना, फिल्म सुटिङ स्टुडियो निर्माण जनागाल बजेट विनियोजन, सुरक्षित मुद्रण केन्द्रको पुर्वाधार निर्माण कार्य भई रहेको छ । । यस बाहेक पनि दर्जनौ योजनाहरु एमाले आफुलाई नेतृत्वदायि भुमिकामा राखेर काम गरिरहेको एमाले पोलिटव्यूरो सदस्य, काभ्रेका इन्चार्ज एवम पूर्व मन्त्री गोकुल बास्कोटाले बताउँनु भयो । एमाले वचन प्रतिवद्ध छ , ‘सोही अनुरुप काम गर्दै जाने छ’ हजारौं पुस्ता सम्मका लागि अनुभुती हुने गरि जिल्लाको विकासमा हामी लाग्ने छौ उहाँले अगाडी थप्नु भयो, ‘अबको जिल्ला अधिवेसनले विकास निमार्णमा र समृद्ध काभ्रे निमार्ण गर्ने अभियानका साथ आफ्ना योजनाहरु पनि तय गर्ने छ ।

प्रकाशित मिति: २२ पुस २०७८, बिहीवार ०८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु