२ माघ २०८१, बुधवार

घुस लिएको आरोपमा इञ्जिनीयरसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनीयर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनीयर पाठक, लायन्स इञ्जिनीयरिङका ओभरसियर प्रशान्त चौधरी र लेखापढी व्यवसायी जयराम तिमिल्सिना समेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र बनाउने प्रयोजनका लागि रु पाँच लाख बराबरको घुस लिएको अभियोग लागेको छ ।

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै आज मुद्दा दायर गरेको  आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

रासस

प्रकाशित मिति: १८ कात्तिक २०७६, सोमवार १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु