विप्लव समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ
मार्तडी-नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–।३ माझपालीबाट आज दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताए ।
पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिए । पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।-रासस
प्रकाशित मिति: २२ कात्तिक २०७६, शुक्रवार १७:२५ बजे