कालापानीबारे सरकारलाई सुझाव : कुटनीतिक तवरबाट भारत गम्भीर नदेखिए अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्छ
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले जारी गरेको नयाँ राजनीतिक नक्समा नेपाली भू–भाग समावेश गरिएको विषयमा सर्वपक्षीय धारणा लिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक राखेर उक्त विषयमा साझा धारणा निर्माणको प्रयास गरेका हुन् ।
उक्त बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, संघीय समाजवादी,राजपाका लगायत अन्य दलका शीर्ष नेताको उपस्थिति छ ।
प्रकाशित मिति: २४ कात्तिक २०७६, आइतवार १५:२३ बजे