विपि राजमार्गको नमोबुद्धमा बस दुर्घटना

काभ्रेपलाञ्चोक ।
बनेपाबाट नेपालथोक जाँदै गरेको बस काभ्रेको नमोबुद्ध नगरपालिका २ स्थित पात्लेखेतमा दुर्घटना भएको छ।
हिमाल तराई यातायातको बा ४ ख ३३१९ नं को बस दुर्घटना भएको हो ।
‘बनेपाबाट नेपालथोक जाँदै गरेको बसले भकुण्डेबाट बनेपा तर्फ आउँदै गरेकोे बसलाई साईड दिन लाग्दा ओभरस्पिडमा आएको मोटरसाईकल ठोक्किन खोज्दा बसले जोगाउन खोज्यो अनि बस सडकबाट तल खस्यो’–यात्रु पकंज तामाङले भन्नुभयो–‘सडक तल रहेको ठुलो रुखका कारण ठुलो मानविय क्षति हुनबाट बचायो, रुख भाँचिएकाले बस विस्तारै गुड्यो ।’
प्रहरी प्रमुख एसपी जयराज सापकोेटा घटनास्थल पुगेर यात्रुहरुको उद्धार गर्नु भएको थियो । तत्कालै स्थानीय र प्रहरीको सहयोगमा घाईतेहरुको उद्धार गरिएको थियो ।
प्रकाशित मिति: २५ कात्तिक २०७६, सोमवार १६:१५ बजे