धुलिखेल वडा नं. २ मा नेकपाबाट देवप्रसादको सर्वसम्बत उम्मेदवारी
काभ्रेपलाञ्चोक । आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि धुलिखेल २ बाट नेकपाले देवप्रसाद कोइरालाई उम्मेदवार बनाउने पक्का भएको छ ।
लामो समयसम्म कसलाई दिने उमेद्वारी भन्ने कुरामा नै छलफल भइरहेको थियो । जसलाई नेकपाले सर्वसम्बत उम्मेदवारीका साथ पास गरेको छ ।
कोईराला धुलिखेलका पुराना वामपन्थी नेता हुन् । कोइरालालाई नेकपाले सर्वसम्बत उम्मेदवारी दिने निर्णय गरेको हो । उहाँसँगै चुनावी मैदानमा नेपाली कांग्रेसबाट दणबहादुर केसीको उम्मेदवारी आउने लगभग पक्का पक्की भएको बताइन्छ ।
धुलिखेल २ मा १ हजार ८ सय ७७ मददाता छन् । जसमध्ये पुरुष ९ सय २८ जना मदतादा छन् भने ९ सय ४९ मतदाता छन् ।
धुलिखेलमा यस अघि नेकपा एमालले अध्याधिक बहुमतले निर्वाचन जितेको थियो । निर्वाचित वडा अध्यक्ष राजन कोइरालाको दुखद् निधन भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । २०७४ को स्थानीय निर्वाचनमा कुल मतदाता १६ सय ४९ मतदातामध्ये १ हजार ४ सय २ मत खसेको थियो । त्यसमध्ये १ हजार ३ सय ४४ सदर भएको थियो । ५८ मत भने त्यतिखेर बदर भएको थियो । त्यतिबेला नेकपा एमाले ८ सय ३६ मत प्राप्त गरेर चुनाव जितेको थियो भने एनेकपा माओवादीका उम्मेदवारले २ सय ४८ मत प्राप्त गरेका थिए नेपाली कांग्रेंसको उम्मेदवारले २ सय ६० मत मात्र प्राप्त गरेका थिए ।
प्रकाशित मिति: २७ कात्तिक २०७६, बुधवार ०९:२२ बजे