२ माघ २०८१, बुधवार

विमानस्थलबाट ८ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन ।

नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउँदै थिए ।

दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रवार ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु