स्मार्ट शौचालय बनाउँछौँ : खानेपानीमन्त्री
कञ्चनपुर । खानेपानीमन्त्री बीना मगरले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताएकी छन् । भारतीय सीमा नजिकैको डोकेबजार क्षेत्रको अवलोकन गर्दै शुक्रबार उनले डोकेबजारको सौन्दर्य अभिवृद्धि र स्वच्छताका लागि स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताउनुभयो । उहाँले चालू आवभित्रै स्मार्ट शौचालय र प्रवेशद्वार बनाइसक्ने बताए ।
निर्वाचन क्षेत्र विकास कोषको रकम खर्चेर प्रवेशद्वार निर्माण गरिन लागेको हो । प्रवेशद्वार २१ मिटर चौडाइको हुने बताइएको छ । पुनर्वास नगरपालिका–३ मा वडाध्यक्षको शनिबार हुने उपचुनावमा मतदान गर्नका लागि मन्त्री मगर यहाँ पुगेकी हुन् ।रासस
प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रवार २२:१० बजे