पोखरा । कास्की क्षेत्र नं। २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।
पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।
मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीयहरुले बताए ।
मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना भने हुन पाएन ।
बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।
बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन ।