६ फागुन २०८१, मंगलवार

तेह्रौ सागः फुटबलमा नेपाल विजयी

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल पहिलो खेलमा विजयी भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद शुरुआत गरेको छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक–एक गोल गरे । नेपालले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि तीन गोल गरेको थियो ।

खेलको पाँचौँ मिनेटमा कप्तान सुजलले पहिलो गोल गरेका थिए । खेलको ५१औँ मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि नेपालका लागि ६६औँ मिनेटमा अभिषेकले तेस्रो तथा खेलको ७८औँ मिनेटमा मिक्छेनले चौथो गोल गरेका थिए ।रासस

 

प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलवार १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु