२० असोज २०८१, आइतवार

धुलिखेल नगर प्रमुख को घोषणा : अपांगता भएका व्यक्तिलाई स्वास्थ बिमा ,सम्पत्ति कर र उच्च शिक्षा निशुल्क गर्ने ।

धुलिखेल । २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा “दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य” भन्ने मूल नाराका साथ धुलिखेल नगरपालिकामा अन्तरकृया कार्यक्रम गरियो  । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्यञ्जुले नगरको प्रर्तिबदता व्यक्त गर्दै धुलिखेल नगरमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुको स्वास्थ बिमामा नेपाल सरकारले ५०% तिर्दिने  गरेको र व्यक्तिहरुले तिर्नुपर्ने रकम नगरले ५०% तिर्दिने र अपांगता भएको व्यक्तिहरुको नाममा धुलिखेल नगर भित्रको घर जग्गा भएमा नगरमा तिर्नु पर्ने सम्पत्ति कर नलिने घोषणा गर्नु भयो । साथै अपांगता भएको व्यक्तिले नगर पालिकामा रहेको कलेजहरुमा उच्च शिक्षा हासिल गर्न निशुल्क ब्यबस्था गर्ने उक्त कार्यक्रममा नगर प्रमुख अशोक ब्यञ्जुले बताएका थिए ।

यस अघि नगरले अपांगता भएको व्यक्तिहरुलाई ह्विल चिएर , छडी, कान सुन्ने मेसिन बितरण तथा सीप मुलक र आय आर्जन सम्बन्धिब प्रशिक्षण गरेको थिए । नेपालको पहिलो नगर हो धुलिखेल जस्ले अपाङ्गता परिषद गठन गरेर बजेट योजना र कार्यक्रम सन्चालन गर्दै आएका छ । साथै धुलिखेल नगर पालिका , नेपाली सेना र IDI(अमेरिका ) मिलेर धुलिखेल नगरपालिकामा ३.५ किलोमीटर अपांगता भएका व्यक्ति हिड्ने अपांग मैत्रि पर्यटकिय पथ मार्ग निर्माण गर्ने घोषणा नगर प्रमुख अशोक ब्यञ्जु बाट उक्त कार्यक्रममा बताउनु भयो । धुलिखेल नगरपालिकालाई निकट भबिस्यमा अपांग मैत्रि शहर बनाउने  कुरा २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा नगर प्रमुख प्रमुख अशोक ब्यञ्जु व्यक्तले गर्नु भयो ।

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधवार १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु