१२ माघ २०८१, शनिवार

शान्तिनगर गाउँपालिका –४ वडा सदस्यको मृत्यु

दाङ । दाङका एक वडा सदस्यको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं ४ का वडा सदस्य पुनीराम कामीको  लामो समयदेखि खुट्टाको बिरामी भएर आज बिहान ८१ वर्षका उमेरमा निधन भएको हो ।

उन तत्कालीन नेकपा(एमाले)का तर्फबाट वडा सदस्य निर्वाचित भएको थिए ।    कामी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट शान्तिनगर – २ का वडाध्यक्षसमेत भएका थिए ।

सोही वडाको कजेरेटोल निवासी कामी गाउँपालिकाका विभिन्न संस्थामा क्रियाशील थिए । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले शोक वक्तव्य जारी गरी उहाँको निधनले समग्र गाउँपालिकालाई नै क्षति भएको बताए ।

वडा नं ४ का वडाध्यक्ष धनबहादुर केसीले लामो समय समाजसेवी तथा जनप्रतिनिधि भएर काम गर्नुभएका कामीसंँग लामो अनुभव भएकाले उहाँको निधनले ठूलो क्षति पु¥याएको बताउनुभयो ।  रासस

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिवार २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु