म्यानमारको मन्त्रिमण्डलका प्रतिनिधिहरु धुलिखेलमा ।

धुलिखेल । म्यानमारबाट आउनु भएका यु थान नाईङ, याेजना तथा आर्थिक विकास मन्त्रालय र उ विन हाथ्य, यातायात विद्युत तथा उद्याेग मन्त्रालयका मन्त्रीहरु लगायतको प्रतिनिधि सहितको टोली धुलिखेल नगरपालिकाको भ्रमणमा आएका छन् । म्यानमारबाट मन्त्रीहरु सहितको प्रतिनिधिहरु लाई नगरपालिकामा स्वागत गरि नगरपालिकाकाको बारेमा जानकारी गराउनुहुदै नगर प्रमुख श्री अशोक कुमार व्याञ्जु श्रेष्ठले धुलिखेल नगरमा भएको कामहरुको बारेमा जानकारी गराउनु भयो ।
म्यानमारबाट आउनु भएका मन्त्रीहरु लगायतको प्रतिनिधिहरु बाट धुलिखेल नगरको पुरानो बजार र पर्यटकिय हजार सिडिमा अवलोकन भ्रमण समेत भयो ।
यस भ्रमण कार्यक्रम मार्फत दुवै पक्षबाट दुई देशमा र स्थानीय सरकारमा भएको आफ्ना वस्तुस्थिति, कार्य सम्पादन प्रणाली, निति-निर्माण र विकासका सम्बन्धी गतिविधिहरु, सामाजिक परिक्षण, बजेट व्यवस्थापन,साथै व्यवस्थित सूचना प्रणाली लगायत विविध पक्षहरुका बारेमा जानकारी गराईएको थियो ।
प्रकाशित मिति: २२ मंसिर २०७६, आइतवार १७:३२ बजे