२ चैत २०८१, आइतवार

‘ए’ डिभिजन लिगमा जाउलाखेल र संकटाको बराबरी

काठमाडौं । जाउलाखेल युथ क्लब र संकटा क्लले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा बिहिबार भएको खेलमा जाउलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । संकटाले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । संकटाका लागि लक्ष्मण रुचालले गोल गरे ।
३६ औं मिनेटमा रुचालले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । रुचालको लामो प्रहार सोझै गोल भएको थियो । दोस्रो हाफमा खेलमा फर्किएको जाउलाखेलले ७२ औं मिनेटमा बराबरी गोल गरेको थियो । जाउलाखेलका ड्याडी जुनियर बाम्बाले हेड गोल गरे । उनले हरि कठायतको लामो फ्रिकक पासमा गोल गरेका थिए ।
संकटाका विदेशी खेलाडी अर्जेस्ट टाम्पी म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगमा तीन खेल सकेको जाउलाखेलले बराबरीसँगै पाँच अंक बनाएको छ । संकटाले समान खेलबाट चार अंक जोडेको छ ।

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रवार ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु