वायुको मुस्लाले बढायो चिसो
![image image](http://www.nepalaynews.com/wp-content/uploads/2019/12/IMG_20191229_092257.jpg)
वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभर चिसो बढेको छ । तीव्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो ।
भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले हिमालय शृंखला र आसपासको भेगलाई छोएर बहँदा तापक्रममा गिरावट आएको र यो क्रम अझै जारी रहने मौसमविद्को ठहर छ ।
पृथ्वीको सतहबाट १०÷१२ किमि उचाइभन्दा माथि हुँदै बहने वायुको मुस्लोको प्रभावले चिसो बढ्ने बताउँदै मौसमविद् समिर श्रेष्टले भने, ‘जेटस्ट्रिम अहिले सामान्य अवस्थाभन्दा केही बढी दक्षिणतर्फ सरेकाले धेरै ठाउँको तापक्रम घट्दो छ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पत्रपत्रिकाबाट
प्रकाशित मिति: १३ पुस २०७६, आइतवार ०९:२३ बजे