६ चैत २०८१, बुधवार

दसैँ–तिहार २५ दिन पर स-यो, विवाहको लगन घट्यो

काठमाडौं । विक्रम संवत् २०७७ सालको दसैँ र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो ।
पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए । आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ । २०७६ सालमा करिब ३० दिन साइत परेको थियो ।

ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे अनुसार घटस्थापना कार्तिक १ गते परेको छ भने विजादशमी १० गते परेको छ । तिहार कार्तिक २८ गते शुरु हुनेछ ।
आजको नेपाल समाचार पत्रमा समाचार छ ।

प्रकाशित मिति: १ माघ २०७६, बुधवार ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु